default_image

popular

Shankhamul Futsal

September 12, 2017

राष्ट्रिय फुटसल टिमका लागि २७ खेलाडीको प्रारम्भिक छनोट

काठमाडौं (हाम्रोखेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले फुटसलको राष्ट्रिय टिम बनाउनको लागि २७ खेलाडीलाई प्रारम्भिक छनोट गरेको छ । एन्फा फुटसल कमिटि अन्तर्गत रहेका तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले यसै साता सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीको प्रारम्भिक छनोट गरेको हो । पूर्व […]

nepal u19

September 12, 2017

नेपाल अर्को सहज जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल बुधबार दोस्रो सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा तुलानात्मक रुपमा भुटान भन्दा बलियो टोली थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा दमदार सुरुआत गरिसकेको छ । भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई […]

September 12, 2017

च्याम्पियनस लिगको नयाँ सिजन शुरु हुँदै ,बर्सिलोनाले युभेन्टसलाई निम्त्याउदै

बार्सिलोना (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ ।नयाँ सिजनको समूह चरणको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई घरेलु मैदानमा निम्त्याउदैछ । यी दुई क्लब अघिल्लो सिजनमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालियन क्लब युभेन्टसले बाजी मारेको थियो । समूह ‘डी’ मा रहेको […]

September 12, 2017

एकै दिन गोलकिपर किरणको दोहोरो खुसी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङका लागि सोमबार दोहोरो सफलताको दिन रह्यो । राजधानीमा पल्सर स्पोर्टस अवार्ड २०७३ मा बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित हुँदै गर्दा किरण भने व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा माल्दिभ्समा लिग खेलिरहेका थिए । किरणको अनुपस्थितिमा उनकी आमा हर्कमाया राईले अवार्ड ग्रहण गरिन् भने उनी सम्मलित टोली टिसी […]

September 12, 2017

झापाका मनोजले सिक्किम लिग खेल्ने

दिपक बोहोरा फिदिम – झापाका गोलकिपर मनोज प्रधान भारतको सिक्किम लिग खेल्ने भएका छन् । उनी भर्खरै सिक्किम लिग क्लब रोयल युनाइटेड सिक्किमा आबद्ध भएका छन् । युनाइेड भारतीय पूर्व कप्तान भाइचुङ भुटियाको क्लब हो ।   भुटियाको क्लबबाट लिग खेल्दा फुटबलमा अझै खारिने मौका मिल्ने मनोजले बताएका छन् । क्लबसँग मनोजको सम्झौता रकम भने […]

Set MMC copy

September 11, 2017

जेसिज कपको उपाधि मनाङलाई

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लवले प्रथम जेसिज कप फुटवलको उपाधी जितेको छ । सोमवार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागिय टोली शशस्त्र प्रहरी वल एपिएफलाई २-१ ले पराजीत गर्दै उपाधिसँगै नगद ३ लाख ५० हजार रुपैया पाएको हो । उपविजेतामा चित्त वुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो । फाईनल प्रतिस्पर्धामा […]

Kiran

September 11, 2017

गोलकिपर किरण वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बु पल्सर स्पोर्टस अवार्ड वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी […]

Kanchi

September 11, 2017

सर्वाधिक भोट सहित कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको उपाधि हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजुले जितेकी छिन । एसएमएस र फेसबुक लाइक गरेर उनले कुल ६६८६४ भोट प्राप्त गरिन भने दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट प्राप्त गरे । त्यस्तै ८७७४ भोट सहित क्रिकेटका […]

Pam

September 11, 2017

उदाहरणीय पामलाई ‘स्पेशल अवार्ड’

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ । कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज आयोजना भइरहेको पल्सर […]

Para

September 11, 2017

पदमलाई पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ । ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी […]

Success

Thank you for your time.