default_image

popular

September 14, 2017

नेपालको लगातार तेस्रो जित, सिंगापुर ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत लगातार तेस्रो खेल जितेको छ । नेपाली युवा टोलीले आज समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको छ । अन्तिम चारमा यसअघि नै पुगेको नेपाल यो जितपछि समूह विजेता बनेको छ । सिंगापुर पनि यसअघि नै अघिल्लो चरण पुगिसकेको छ […]

nepal u19

September 14, 2017

यू १९ क्रिकेटमा नेपालको अर्को उच्च प्रदर्शन, पवनले ६ विकेट लिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपालले सिंगापुरविरुद्ध ६८ रनको लक्ष्य पाएको छ । भुटान र थाइल्यान्डमाथि सानदार जित दर्ता गरेको नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको छ । पवन सर्राफले ८ ओभरमा ४ मेडनसहित […]

Np

September 14, 2017

नेपाल सिंगापुरविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले फिल्डिङ गर्दैछ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । मलेसियामा जारी प्रतियोगितामा आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र सिंगापुर यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । दुवैको समान ४ अंक छ, नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा […]

September 14, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले  १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ । रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको […]

September 13, 2017

साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन,नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ […]

September 13, 2017

डाउन टाउन माछापुच्छ्रे लिगको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बुधबार भएको क्वालिफायरको पहिलो खेलमा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै डाउन टाउन एमसिएल क्रिकेटको फाइनल पुगेको हो । वर्षा कारण मैदान बिग्रिएपछि १६ ओभरमा घटाइएको खेलमा पर्वतले १६ ओभरमा […]

September 13, 2017

यू–१८ फुटबल टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ । यू–१८ का मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट आएका ७४ खेलाडीबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । यू–१८ को कप्तानी अर्पण कार्कीले सम्हाल्नेछन् […]

September 13, 2017

नेपाल सेमिफाइनलमा, भुटानमाथि ९ विकेटको जित

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दोस्रो खेल जितेपछि नेपाली युवा टोली एसीसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले आज कमजोर भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो ।  भुटानले छाडेको ५१ […]

Airee

September 13, 2017

भुटान सस्तैमा समेटियो , कप्तान दीपेन्द्रको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत थाईल्याण्डविरुद्ध प्रभावशाली सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानविरुद्ध ५१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिंग रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालकालागि मध्यम गतिका बलर कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए […]

Np

September 13, 2017

भुटानसँगको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गर्दैछ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले हराएको नेपालले भुटानलाई पनि सहजै हराउने अनुमान गरिएको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित […]

Success

Thank you for your time.