default_image

popular

u 19 cricket team 1

September 19, 2017

च्याम्पियन युवा क्रिकेट टोली मध्यरात स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली मध्य रात स्वदेश फर्केको छ । पूर्व निर्धारित समय भन्दा झन्डै ६ घन्टा ढिला युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थियो । टोली राती १ः०० बजे आइपुगेको थियो । स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट […]

September 19, 2017

अभ्यास खेलमा नेपाली टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टोलीले आज तमिलनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँग पहिलो अभ्यास खेल खेल्दैछ । ५० ओभरको अभ्यास खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ रोजेका छन् । अर्को महिना हङकङविरुद्ध हुने डब्लूसिएलका दुई खेलको तयारीका लागि नेपाली टोली आइतबार चेन्नई […]

Bangladesh

September 18, 2017

भारत पहिलो खेलमै पराजित, बंगलादेशको उत्कृष्ट पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आज सुरु भएको साफ यू–१८ च्याम्पियसिपमा साविक उपविजेता भारत पराजित भएको छ । बंगलादेशविरुद्ध पहिलो हाफमा बनाएको ३–० को अग्रता जोगाउन नसकेको भारत अन्ततः ४–३ ले पराजित भएको थियो । लालामपुइयाको गोलबाट भारतले १८ औं खेलमा अग्रता बनाएको थियो । लालरिन्डिका एडमन्डले ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर गरे […]

September 18, 2017

यू–१६ फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलको लागि नेपालीटोलीको घोषणा गरेको छ । एन्फाले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । एएफसी च्याम्पियनसिप अन्र्तगत समूह ‘डी’ को खेल नेपालले आयोजना जिम्मेवारी पाएको छ । छनोटका खेलहरु बुधबारबाट शुरु हुनेछ […]

September 18, 2017

पौडीमा एकै दिन पाँच राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । […]

nepal u19

September 18, 2017

च्याम्पियन युवा क्रिकेट टोली फर्कनमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने टोलीका प्रशिक्षक विनोद दासले फेसबुकमा स्ट्याटस राखेका छन् । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै […]

September 18, 2017

काभानी र नेयमारलाई आपसी सहमती गर्न प्रशिक्षकको सुझाव

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् । लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए […]

Team Nepal Eastern Champions

September 18, 2017

च्याम्पियन युवा टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) –एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो । त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले […]

September 18, 2017

बेल प्रेरित रियलको जित

दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]

September 18, 2017

टंकलाई भुटान एमेच्योर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् । टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ […]

Success

Thank you for your time.