default_image

popular

Volleyball

September 23, 2017

यू–१८ राष्ट्रिय भलिबललाई प्याब्सनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मुख्य प्रायोजन गरेको छ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपैयाँ प्रायोजन गरेको छ । शनिबार नक्सालस्थित होटल क्राउन प्लाजामा […]

September 23, 2017

अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डीमा भारत च्याम्पियन , फाइनलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुदा पहिलो हाफमा ३७–११ को आरमदायी […]

September 23, 2017

अभ्यास खेलमा नेपाललाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ […]

September 23, 2017

एपिएफ टुर्बोग दुधे गोल्ड कपको सेमिफाइनलमा

जनम बराल झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो ।  एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो […]

sarad

September 23, 2017

तेस्रो खेलमा शरदको शतक

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी अक्टोबर हङकङसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि तेस्रो अभ्यास खेलमा शरद भेषावकरको शतक प्रहार गरेका छन् ।  चेन्नाईमा अभ्यासरत नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि पहिलो विकेटमा आएका शरदले सर्वाधिक १ सय रन बनाउँदै आउट भएका थिए । […]

Man Bahadur

September 23, 2017

मानबहादुर माल्दिभ्सबाट फर्केपछि हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा मनाउने भएका छन् । माल्दिभ्सको क्लबबाट व्यावासायिक रुपमा भलिबल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनी केही दिनमा स्वदेश फर्कने र त्यसलगत्तै हङकङ जाने भएका छन् । उनका लागि माल्दिभ्सको पहिलो व्यावसायिक यात्रा भने मिश्रित खालको रह्यो । उनको टोली माल्सन स्पोर्टस क्लब […]

Kabaddi

September 22, 2017

नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डीको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । तीन राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक/एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो । […]

September 22, 2017

युवा टेबल टेनिस स्टार स्यान्टुसँग १२-२७ कुरा

१७ बर्षे टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ निकै प्रतिभाशाली खेलाडीहरु मध्येमा पर्दछन् । जसले १६ बर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेर सनसनी मचाए । सिनियर स्पर्धामा पहिलोपटक उपाधि जित्नको लागि स्यान्टुले गत वर्ष सातौ राष्ट्रिय खेलकुदमा नेपाली टेबल टेनिसका हस्तीहरुलाई पराजित गरेका थिए ।    १६ बर्षको उमेरमा नै राष्ट्रिय च्याम्पियन जित्दै सबैभन्दा कम उमेरमा राष्ट्रिय […]

default_image

September 22, 2017

साफ यू १८ च्याम्पियनसिप – माल्दिभ्समाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो । दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो […]

Celebrate

September 22, 2017

रोमाञ्चक खेलमा नेपाल र भारतले अंक बाँडे

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २-२ को  बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालका लागि बिर्जेशले दुई उत्कृष्ट गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरे । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा दुई पटक पराजित नेपाली टोलीले […]

Success

Thank you for your time.