default_image

popular

Khagendra

September 25, 2017

आर्मीका खगेन्द्रलाई लिग लिगे दौडको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका खगेन्द्र बहादुर भाटले आठौ संस्करणको ऐतिहासिक लिग लिगे दौडको उपाधि जितेको छ । हरेक वर्ष आयोजना हुदै आएको लिग लिगे दौडमा यसपटक आर्मीका खगेन्द्र सिंह भाटले निर्धारित १३.८ किलोमिटर दुरी १ घण्टा २ मिनेटमा पुरा गर्दै उपाधि जिते । उपाधि जितेको भाटले नगद ५० हजार ५ सय ५ रुपैयासहित […]

Nepal

September 25, 2017

अभ्यास खेलमा नेपाललाई २ सय १६ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई भ्रमणमा रहेको नेपाली टोलीले चौथो अभ्यास खेलमा सेन्टर फर स्पोर्ट्स साइन्स (सिसिएस) लाई २ सय १५ रनमा अल आउट गरेको छ । निर्धारित ५० ओभरको अन्तिम बलमा सिसिएसलाई नेपालले २ सय १५ मा अलआउट गरेको हो ।  नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ्ग गर्दै २६ […]

Nepal

September 25, 2017

साफ यू-१८ : नेपालले बंगलादेशको सामना गर्दै , जित्नै पर्ने दबाब

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड […]

September 24, 2017

अस्ट्रेलियाविरुद्ध भारतको लगातार तेस्रो जित

इन्दोर (एजेन्सी)– भारतले लगातार तेस्रो खेलमा पनि अस्ट्रेलियालाई हराएको छ । आज ५ विकेटलेको जित हासिल गरेको भारतले पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरुआत दिलाएपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि […]

Rohit Chand

September 24, 2017

रोहितको पर्सिजा बराबरीमा रोकियो

  केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो । पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु […]

Palestine

September 24, 2017

प्यालेस्टाइनको जितसँगै नेपाल समूहको पुछारमा

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए ।  तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको ९ औं  मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश […]

Birjesh

September 24, 2017

पहिलो हाफको समाप्तिसम्म प्यालेस्टाइन १-१ नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ । खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको […]

Nepal U16

September 24, 2017

नेपाल विरुद्ध प्यालेस्टाइन [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन । दुवै टोलीको छनोट हुने सम्भावना सकिएको छ । श्रोत : एपी वोन एच डी

Iraq India

September 24, 2017

इराक र भारत बीचको खेल गोलरहित , नेपालको सम्भावना समाप्त

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको […]

Nepal Palestine

September 24, 2017

छनोटको अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटमा आज प्यालेस्टानसँग खेल्नुअघि नै नेपालको अघि बढ्ने सम्भावना रहे नरहेको सामान्य आकलन गर्न सकिन्छ । समूह विजेताका रुपमा अघि बढ्ने नेपालको सम्भावना अघिल्ला दुई खेलकै नतिजाबाट सकिसकेको छ । अबको सम्भावना भनेको समूहको उपविजेता सम्मको मात्र हुनेछ ।  यद्दपी त्यसका लागि इराक र भारतबीच हुने पहिलो खेलको […]

Success

Thank you for your time.