default_image

popular

sugathan

October 8, 2017

ननितालाई दोस्रो अन्तर्राष्ट्रिय पदक

काठमाडौं (हाम्रो खेलकुद) – मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टिमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए ।  फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले […]

Ruslan

October 8, 2017

रुस्लान क्रिकेट डिपिएलको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको डिपिएल–२ लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको छ । डिपिएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही र विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ […]

DPL

October 8, 2017

डिपिएल क्रिकेटको पुरस्कार दोब्बरले बृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी (एसपिए) को आयोजनामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको पुरस्कार राशिमा झण्डै दोब्बरले वृद्धि गर्दै डिपिएल–२ को घोषणा भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता माघ पहिलो साताबाट शुरु गर्ने गरी डिपिएल–२ को घोषणा गरेको हो […]

Netherlands vs Belarus

October 8, 2017

जितसँगै विश्वकपमा छनोट हुन नेदरल्याण्डको झिनो सम्भावना

बेलारुस (एजेन्सी) – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ । युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले […]

Ronaldo goal

October 8, 2017

पोर्चुगल विश्वकप छनोट नजिक

एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ । युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान […]

Futsal squad

October 7, 2017

राष्ट्रिय फुटसल टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद ) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका […]

Kathmandu Rhinos

October 7, 2017

नेपाली राइनोज डिपिएलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ५ खेलवाट ७ अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अंक तालिकाको शिर्षस्थानमा भने ५ खेलवाट १० अंक जोडेको पंजाव […]

October 6, 2017

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । […]

Oxygen mask

October 6, 2017

खेल पछि ब्राजिली खेलाडी अक्सिजन माक्स लगाउन बाध्य

ला पाज (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत बोलिभियाको घरेलु मैदानमा गोल रहित बराबरी खेलेका ब्राजिलियन खेलाडीले खेल सकिएपछि अक्सिजन माक्स लगाउनु परेको थियो । बोलिभियाको ला पाज स्थित इस्टाडियो हर्न्याण्डो सिलेजमा खेलिएको खेल पछि ब्राजिलियन खेलाडीहरुले सामान्य श्वास लिन अक्सिजन माक्सको प्रयोग गरेका थिए । समुन्द्र सतहभन्दा करिब १२ हजार फिटको उचाईमा रहेको रंगशालामा […]

Badminton

October 6, 2017

विश्व च्याम्पियनसिपमा ब्याडमिन्टनले सहभागिता जनाउने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिप असोज २५ देखि कार्तिक ५ गते सम्म आयोजना हुदैछ । उक्त च्याम्पियनसिपमा सहभागी हुन जाने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले शुक्रबार बिदाई गरे । टोली शनिबार त्यसतर्फ […]

Success

Thank you for your time.