default_image

popular

argentina messI celebrate

October 9, 2017

विश्वकपको सम्भावना जोगाउन अर्जेन्टिनालाई जित्नपर्ने दबाब

इक्वेडर (एजेन्सी) – दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलका लागि अर्जेन्टिना इक्वेडर पुगेका छन् । अर्जेन्टिनाको टिमलाई त्यहाँको सुरक्षकर्मीले अत्यन्तै कडा सुरक्षकाबीच होटलमा लगेको थियो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विश्वकप यात्रा निकै कठिन मोडमा रहेको छ । समुन्द्री सतहबाट ९ हजार फिट माथिको उचाईमा हुने खेलमा अर्जेन्टिना जितेमा कम से कम प्ले अफ मार्फत छनोट हुने […]

Paras Khadka

October 9, 2017

अंक तालिका अझै खुल्ला छः कप्तान पारस खड्का

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्टिटिमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सबै ६ टिमलाई विश्वकपमा स्थान बनाउन उत्तिकै दबाव रहेको बताएका छन् । हङकङ प्रस्थान गर्नुअघि कप्तान खड्काले अंक तालिका अझै खुल्ला रहकाले सबै टिमलाई विश्वकपमा स्थान बनाउन सबै टिमलाई उत्तिकै दबाव रहेको बताएका हुन् । ‘नेपाललाई प्रेसर रहेको छैन भन्दिन । सबै […]

Jagat Tamata

October 9, 2017

खेलाडीको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको छः प्रशिक्षक टमाटा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको बताएका छन् । सोमबार बिदाई पछि प्रशिक्षक टमाटाले हङकङविरुद्धको दुई खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको भन्ने सबैलाई थाहा रहेको र यही दुई खेलमा खेलाडीको करियर जोडिएको बताएका हुन् । ‘हामीले दुई महत्वपूर्ण खेलका लागि एक महिनाको प्रशिक्षण गरेका छौं […]

ANFA president and CEO

October 9, 2017

एन्फाको विधान संशोधन गर्दै , थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले  विधान संसोधन गर्दै रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) र एसियायी फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको उपस्थितिमा सोमबार ललितपुरमा बसेको विशेष साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले […]

Cricket Team

October 9, 2017

नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार हङकङ जाने भएको छ । टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए  । सदस्यसचिव विष्टले नेपाली टिमलाई जितको शुभकामना व्यक्त गरे । नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसँग आगामी शुक्रबार […]

Salah

October 9, 2017

इजिप्टलाई २८ वर्षपछि विश्व कपमा स्थान

एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन । इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका […]

October 9, 2017

एन्फाको विशेष साधारण सभा शुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा शुरु भएको छ । सोमबारबाट राजधानीमा शुरु भएको साधारणसभाले मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ । यस्तै साधरण सभाले थ्रीस्टार क्लबलाई क्षतिपुर्ति दिने विषयलाई अनुमोदन गर्नेछ । यस्तै साधारण सभाले कार्यसमितिका पदाधिकारी तथा सदस्यको योग्यता निर्धारण गर्नेछ ।

Kenya

October 9, 2017

केन्याले नेदरल्याण्ड्सलाई हरायो , नेपालमाथि थप दबाब

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै केन्या १२ अंक सहित चौथो स्थानमा उक्लेको छ । शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको भने प्रतियोगितामा यो दोस्रो हार हो […]

Germany

October 9, 2017

विश्वकप छनोटमा जर्मनीको फराकिलो जित

म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले […]

October 8, 2017

तामाङ दिदीभाई वरियताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको नयाँ वरियतामा तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ शीर्षस्थानमा यथावत रहेका छन् । हरेक ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार आइतबार सार्वजनिक गरेको वरियतामा तामाङ दिदीभाई महिला र पुरुषमा शीर्ष स्थानमा यथावत रहेको हुन् । त्रिभुवन आर्मीका रत्नले […]

Success

Thank you for your time.