default_image

popular

sarad

October 12, 2017

हङकङ विरुद्ध शरदले दुवै खेल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ ।  अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]

October 12, 2017

जगजितसँग फक्सस्पोर्ट्सको रमाइलो कुराकानी [भिडियो ]

काठमाडौं (हाम्रो खेलकुद) – हाल अस्ट्रेलियामा रहदै आएका नेपाली मिडफिल्डर जगजित श्रेष्ठसँग फक्सस्पोर्ट्सले रमाइलो कुराकानी गरेको छ । जापानकालागि ३ खेल खेलेका युजो टासहिरो र हाल अस्ट्रेलियाको ए लिगका मिडफिल्डर जुम्पाई कुसुकामीसँगै जजगितसँग अस्ट्रेलियामा खेल्दाको अनुभव फक्सस्पोर्ट्स एसियाले बटुलेको छ । जगजित हाल अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका छन् ।

Messi

October 11, 2017

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान

इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ ।  अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]

Jason

October 10, 2017

अस्ट्रेलियाको जितसँगै शृंखला बराबरी

गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए । टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप […]

Tajikistan

October 10, 2017

नेपाल ३-० ले पराजित , ताजकिस्तानलाई तीन पेनाल्टी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग  ३-० ले पराजित भएको छ । नेपालको चौथो खेलमा तेस्रो पराजय हो ।  घरेलु टोली ताजकिस्तानले तीन पेनाल्टी पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्तको फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्यले फल गरेपछि ताजकिस्तानले […]

first half nepal tajakistan

October 10, 2017

पहिलो हाफमा नेपाल १ गोलले पछाडी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो । घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर […]

Australia

October 10, 2017

अष्ट्रेलिया विजयी, सिरियाको विश्वकप खेल्ने सपना अधुरो

सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]

October 10, 2017

ताजकिस्तान विरुद्ध नेपाल – [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा ताजकिस्तानको सामना गर्दैछ । खेल ताजकिस्तानको घरेलु मैदानमा हुँदै छ ।   खेल सुरु हुने समय : ६:४५  नेपाली सुरुआती ११ : यहाँ हेर्नुहोस  खेल एपि वोन एचडीमा पनि प्रत्यक्ष हुनेछ ।

Ananta and Anjan

October 10, 2017

नेपालको सुरुआती ११ सार्वजनिक – तीन स्ट्राइकर सुरुआत गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् । प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य […]

nepal-in-phi-day-2-16

October 10, 2017

ताजकिस्तानसँग आजको खेल लाइभ कसरी हेर्ने ?

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले आज ताजकिस्तानको घरेलु मैदानमा खेल्दै छ । अघिल्लो खेलमा यहि टोलीसँग हारको सामना गरेको नेपालले छनोट चरणमा पहिलो जितको लक्ष्य लिएको छ । खेलको प्रत्यक्ष प्रसारण ताजकिस्तान फुटबल संघले अनलाइन मार्फत गर्नेछ । हाम्रो खेलकुदको लाइभ पेजमा पनि यस खेल हेर्न सकिनेछ । खेल नेपाली समयानुसार […]

Success

Thank you for your time.