default_image

popular

October 15, 2017

स्वारेजले बार्सिलोनालाई हारबाट जोगाए

म्याड्रिड(एजेन्सी)– लुइस स्वारेजले खेलको अन्त्यतिर गोल गरेपछि गए राती ला लिगाको शीर्ष टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले १–१ को बराबरी खेलेका छन् । स्वारेजको गोलले बार्सिलोना अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । अघिल्ला ७ खेल जितेको बार्सिलोनाको २२ अंक पुगेको छ । खेल सकिन ८ मिनेट बाँकी रहँदा स्वारेजले सर्जी रोर्बेटोको क्रसमा हेडमार्फत […]

October 14, 2017

पुछारको क्रिस्टल प्यालेससँग चेल्सी स्तब्ध

क्रिस्टल प्यालेस (एजेन्सी)– चेल्सी प्रिमियर लिगमा अंक तालिकाको पुछारमा क्रिस्टल प्यालेससँग आज स्तब्ध भएको छ । विलफ्रिड जाहाले पहिलो हाफको अन्तिममा गरेको गोल खेलको निर्णायक बनेपछि क्रिस्टल प्यालेसले साविक विजेता समेत रहेको चेल्सीमाथि २–१ को जित हासिल गरेको हो । सिजनमा आठौं खेलमा आएर क्रिस्टल प्यालेसले पहिलो जित दर्ता गरेको हो । चेल्सीको भने यो […]

October 14, 2017

लिभरपुल र युनाइटेडले बराबरी खेले

लिभरपुल (एजेन्सी)– लिभरपुलले घरेलु मैदानमा खेल नियन्त्रणमा राख्नाका वावजुद प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ । युनाइटेडविरुद्ध गोल गर्ने थ्रुपै मौका लिभरपुलले पाएको थियो । तर, युनाइटेडका गोलकिपर डेभिड डी जिया र कमजोर फिनिसिङका कारण लिभरपुलले जित निकाल्न सकेन । पहिलो हाफमा डि जियाले जोयल माटिनको नजिकको प्रहारलाई रोकेका थिए । त्यसअघि […]

October 14, 2017

कमल र मायन्का टेनिस च्याम्पियन

ललितपुर(हाम्रो खेलकुद) – कमल भण्डारी र मायन्का राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामामा सिंगल्स उपाधि जितेका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको पुरुषतर्फको फाइनलमा कमलले सन्तोष खत्रीलाई ७–६, ७–२, ६–२ ले हराए । महिलातर्फको फाईनलमा मायन्काले पनि प्रेरणा कोइरालालाई ६–१,६–२ ले हराइन् । कमल र महेश श्रेष्ठको जोडीले पुरुष डबल्सको […]

October 14, 2017

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज बेलुका उपाधि दाबेदार मानिएका दुई टोलि लिभरपुल र म्यानचेस्टर युनाइटेड आम्ने-साम्ने हुँदैछन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिने सो खेल नेपाली समय अनुसार ५.१५ बजे सुरु हुने छ । यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर युनाइटेड सिजनका ७ खेलमा १९ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । लिगको आफ्नो […]

October 13, 2017

ब्याटिंग नचल्दा नेपाल हङकङसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ ।  ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि […]

Jorkhane

October 12, 2017

९२ करोडमा जोरखानेको बहुद्देश्यीय स्टेडियम बन्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व […]

Futsal depart

October 12, 2017

राष्ट्रिय फुटसल टोली आज इरान प्रस्थान गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै छ । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे । तस्विर : एन्फा नेपालले फुटसल […]

Futsal MOU

October 12, 2017

राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपालको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे । नेपाल इरानमा भोलिबाट शुरु […]

Sagar Pun

October 12, 2017

हङकङमा नेपाली टोलीको तयारी [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण  पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम   

Success

Thank you for your time.