default_image

popular

October 31, 2017

किर्गिस्तान विरुद्ध नेपाल [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरणको छनोटमा नेपालले पहिलो खेलमा आज घरेलु टोली किर्गिस्तानको सामना गर्दैछ।खेल नेपाली समयानुसार ११:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण किर्गिस्तान फुटबल संघले माइक्युजू मार्फत दिनेछ । यहाँ पनि खेलको प्रसारण हेर्न सक्नु हुनेछ ।

Ronaldo

October 31, 2017

रोनाल्डोलाई लक्षित गर्दै आईएसको अर्को चेतावनीपूर्ण संदेश

लन्डन (एजेन्सी) – विश्वकप फुटबललाई लक्षित गर्दै एक पछि अर्को चेतावनीपूर्ण संदेश सार्वजनिक गर्दै आएको आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले यसपटक पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोको तस्विर सार्वजनिक गरेको छ । यसघि मेस्सी र नेयमारलाई लक्षित गरेर चेतावनी दिएको आईएसले यसपटक रोनाल्डोको फोटो सार्वजनिक गरेको हो । रुस विश्वकपलाई खल्बल्याउने लक्ष्यका साथ यो तस्बिर सार्वजनिक गरिएको […]

October 30, 2017

नेयमार पुनरागमनको तयारीमा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग १ मा शुक्रबार नेयमारलाई ‘मिस’ गर्नु परेन । पिएसजीले निसलाई ३–० ले हराएपछि विश्वका सबै भन्दा महंगा खेलाडीको अभाव महसुस गर्नु नपरेको हो । उनी त्यो खेलमा प्रतिबन्धमा थिए । ब्राजिलियन स्ट्राइकर अब फेरि मैदान फर्कने तयारीमा छन् । च्याम्पियन्स लिगमा पिएसजीले मंगलबार बेल्जियन टोली एन्डरलेकको सामना […]

lifting

October 30, 2017

भारोत्तोलनमा कमललाई ६ कास्यपदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल बहादुर अधिकारीले कोरियामा जारी दुई फरक प्रतियोगिता एसियन कप र इन्टर क्लब च्याम्पियनसिपमा ६ कास्यपदक हात पार्न सफल भएका छन् । कमलले पुरुष ७७ केजी तौल समूहमा ६ कास्य जित्न सफल भएका हुन् । कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १५७ केजी भार […]

October 30, 2017

रोनाल्डो प्रतिबन्धमा पर्ने सम्भावना !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो फेरि प्रतिबन्धमा पर्न सक्ने सम्भावना देखिएको छ । गिरोनासँगको खेलका दौरान पेरे पोन्सलाई पेनाल्टी बक्स भित्र धलेका कारण रोनाल्डोमाथि कारवाहीको सम्भावना बढेको छ । मिररका अनुसार रोनाल्डो त्यो घटनाका कारण गम्भिर कारवाहीमा पर्न सक्नेछन् । पोर्चुगिज कप्तान यसअघि नै ५ खेलको प्रतिबन्धमा परिसकेका छन् । बार्सिलोनाविरुद्ध स्पेनिस सुपर […]

default_image

October 30, 2017

‘डि मारिया अझै बढी खेल्न पाउन योग्य’– कप्तान सिल्भा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान थिएगो सिल्भाले अर्जेन्टिनी स्टार एन्जल डि मारिया क्लबबाट अझै बढी खेल्न पाउन योग्य रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व स्टारले शुक्रबार लिग वानमा नेयमारको उपस्थिति विनाको खेलमा उच्च प्रदर्शन गरेको थियो । उक्त खेल पिएसजीले ३–० ले जितेको थियो । लिग वानको आधिकारिक वेभसाइटसँगको कुराकानीमा सिल्भाले […]

October 30, 2017

नेत्रहिन क्रिकेट टोलीलाई साहस स्पोर्टस् को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टस् प्रालिले नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । साहस स्पोर्टस्का अध्यक्ष एवंम् प्रबन्ध निर्देशक जनक न्यौपाने र नेत्रहिन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका थिए । नेपाली नेत्रहिन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिदा आवश्यक खेल्ने र अभ्यासका समयमा आवश्यक […]

default_image

October 30, 2017

फाइनल चरण पुग्ने युवा फुटबल टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तानमा यो साता सुरु हुने एएफसी यू १९ फुटबल च्याम्प्यिनसिपमा नेपालले उच्च प्रदर्शनको अपेक्षा राखेको युवा टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । कप्तान अपर्ण कार्कीले अन्तिम चरण पुग्ने आशा राखेका छन् । त्यस्तै प्रशिक्षक छिरिङ लोप्साङले टोली अघिल्लो चरण पुग्ने क्षमता राख्ने बताउँछन् । छनोटको समूह एमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, […]

messi-neymar

October 30, 2017

नेयमार र मेस्सीलाई ज्यानको धम्की

लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा […]

Neymar Cavani

October 30, 2017

अबको पेनाल्टी नेयमारले नै हान्ने छन् -सिल्भा

पेरिस (एजेन्सी)– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को अबको पेनाल्टी एडिन्सन काभानीले नभएर ब्राजिलियन स्टार नेयमारले प्रहार गर्ने टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । सेप्टेम्बरमा लियोनसँगको खेलमा प्राप्त पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा दुई दक्षिण अमेरिकी खेलाडी विवाद भएको थियो । विवादकाबीच त्यो पेनाल्टी काभानीले प्रहार गरे, तर त्यो गोल हुन सकेन […]

Success

Thank you for your time.