default_image

popular

November 4, 2017

सिएमजी क्लब संकटा सेमिफाइनलमा

कोल्हुवा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटा दोस्रो राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नवलपरासीको कोल्हुवामा शनिबार वीरगञ्ज युथ एकेडेमीलाई २—० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटाको जितमा सजिन थापा र अफ्रिकन मुलका मार्टिन अजाजीले गोल गरे । ४३ औं मिनेटमा सजिनको गोलबाट अग्रता लिएको थियो […]

November 4, 2017

अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको को तयारीमा रहेको नेपाली युवा टोली बंगालदेशसँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बंगालेदश भ्रमणमा रहेको नेपाली टोली आज घरेलु टोलीसँग २ सय २३ रनले पराजित भएको थियो । यसअघि बिहिबारको पहिलो खेल नेपालले ३ विकेटले गुमाएको थियो । आज बंगलादेशले दिएको २ सय […]

Rohit Chand

November 4, 2017

रोहितको टोलीलाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले हिजो इन्डोनेसिया लिगा १ मा जित हासिल गरेको छ । ब्रुनो लोपेजको गोलमा पर्सिजाले पेरसिबलाई १–० ले हराएको छ । सकरवे डटकमका अनुसार घरेलु मैदानमा ७७ औं मिनेटमा लोपेजले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो । लिगा १ मा पर्सिजाको यो […]

November 4, 2017

नेपाललाई २ सय २८ रनको लक्ष्य, सुरुआत कमजोर

काठमाडौं (हाम्रो खेलकुद) – यू १९ को दोस्रो अभ्यास खेलमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको नेपालको सुरुआत खराब भएको छ । यो समाचार तयार पर्दा सम्म नेपालले १५ […]

November 4, 2017

नेपालका लागि युएईविरुद्ध आजको खेल ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न आजको खेल महत्वपूर्ण रहेको छ । कीर्गिस्तानमा जारी समूह ‘ए’ का सुरुआती दुई खेल पराजित भइसकेको नेपालले अहिले समूह समूहमा सबै भन्दा कमजोर प्रदर्शन गर्ने टोलीका रुपमा रहेको छ । यस्तो अवस्थामा आज संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल […]

November 4, 2017

नेपाल र बंगलादेशबीच दोस्रो अभ्यास खेल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको अन्तिम तयारीमा जुटेको नेपाल र बंगलादेशको युवा टोलीबीच आज दोस्रो अभ्यास खेल सुरु भएको छ । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ । दुई दिन अघि भएको  पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय […]

November 3, 2017

बेल वेल्सका लागि उपलब्ध हुने-नहुने रियलको हातमा

वेल्स (एजेन्सी)– वेल्स राष्ट्रिय टिमका प्रशिक्षक क्रिस कोलम्यानले आफ्ना फरवार्ड ग्यारेथ बेल आउने अन्तराष्ट्रिय खेलहरुका लागि उपलब्ध हुने वा नहुने निर्णय रियलले लिने बताएका छन् । वेल्सले यो महिना फ्रान्स र पानामासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  बेल भर्खर चोटमुक्त भएर प्रशिक्षणमा फर्केका छन् तर उनले सेप्टेम्बरदेखि खेलेका छैनन् । पिंडौलाको समस्याका कारण त्यस अवधिमा बेलले रियलका लागि […]

November 3, 2017

खेलकुदका हस्तीहरु चुनावी मैदानमा, एनओसी अध्यक्षदेखि एन्फा सिइओसम्म

प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर  २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]

evra

November 3, 2017

फ्यानमाथि एभ्राको ‘कुङ्गफू किक’ -[ भिडियो ]

लिस्बोन (एजेन्सी)– मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । पोर्चुगेली क्लब भिटोरिया डी गुमाइरेसको घरेलु मैदानमा १–० को पराजय भोग्नु अघि एभ्राले फ्यानमाथि आक्रमणको प्रयास गरेका थिए । खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका एभ्रा रातो कार्ड पाएपछि ड्रेसिइङ्ग रुममा फर्केका थिए । वार्म अपको समयमा मार्सेलको भ्रमणकारी […]

November 2, 2017

प्रेरणा र गरभ सर्किट १ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]

Success

Thank you for your time.