default_image

popular

olympian

December 3, 2017

रियो ओलम्पिकका ओलम्पियनहरु नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले रियो ओलम्पिकमा सहभागिता जनाएका सात खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलका ७ खेलाडीलाई जनही १ लाख ३ हजार ४ सय ५० रुपैयाले सम्मानित गरेको हो । जुडोकी फुपूल्हामु खत्री, […]

December 3, 2017

किरणको टोली एफए कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लब एफए कप को फाइनलमा पुगिेको छ । हिजो भएको खेलमा टिसी स्पोर्टसले माजियालाई २–० ले हराएको थियो । टिसी यसपटक धिवेही प्रिमियर लिगमा (डिपिएल)मा उपविजेता बनेको थियो । एफए कपको फाइनल डिसेम्बर ६ मा हुने किरणले हाम्रो खेलकुद डट कमलाई […]

December 1, 2017

रुस विश्वकप फुटबलको ‘ड्र’ सार्वजनिक

मस्को (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन आज सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार […]

Football

December 1, 2017

मदन भण्डारी मेमोरियल गोल्ड कपको विजेतालाई ११ लाख

इटहरी (हाम्रो खेलकुद)– इटहरी गोल्डकप फुटबल प्रतियोगिता अब मदन भण्डारी मेमोरियल गोल्डकपका नाममा सञ्चालन हुने भएको छ । प्रतियोगिता यसअघि दानबहादुर स्मृती, हृदयेन्द्र गोल्डकप र पछिल्लो समयमा इटहरी गोल्डकपका नामबाट सञ्चालन हुदै आएको थियो । पुनः नाम परिवर्तन गर्दै प्रतियोगिता अब अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको नाममा सञ्चालन गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका […]

December 1, 2017

मेस्सीका दाजु प्रहरीको ‘वान्टेड’ मा

ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीका दाजु माटियास मेस्सीलाई प्रहरीले खोजि गरिरहेको अर्जेन्टिनी समाचार श्रोतहरुले जनाएको छ । उनको नाउमा बन्दूक भेटिनुका साथै रगतका दाग हरु भेटिएपछि ३५ वर्षीय माटियासलाई अर्जेन्टिनी प्रहरीले खोजि गरिरहेको छ । माटियासले नाउमा दुर्घटनामा परेको बताएपनि हतियार भेटिएका कारणले उनलाई सोधपुछकालागि हिरासतमा लिन आदेश आएपनि अर्जेन्टिनी प्रहरीले उनको स्थान पता लाउन सकेको छैन । […]

December 1, 2017

मनाङ र आर्मीको वर्षको दोस्रो उपाधि भिडन्त आज

झापा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनका दुई चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज प्रतिस्पर्धा गर्दैछ । आर्मी र मनाङबीच यो वर्षको दोस्रो उपाधि भिडन्त हो । यसअघि झापामै भएको सताक्षी गोल्ड कपमा आर्मी र मनाङले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए […]

real

December 1, 2017

रियलका लागि यो महिना महत्वपूर्ण

म्याड्रिड (एजेन्सी)– यो डिसेम्बर महिना स्पेनिस महारथी रियल म्याड्रिडका लागि सिजनमा महत्वपूर्ण रहनेछ । सिजनको पहिलो उपाधि जित्ने सम्भावना देखि ला लिगाको शीर्षस्थानको टोलीसँग अंक दुरी छोट्टाउने अवसर रियलसँग छ । तर, टोली त्यसमा कति खरो उत्रन्छ, त्यो झनै महत्वपूर्ण हुनेछ । यो महिनाले रियलले ६ वटा खेल खेल्दैछ । जसमा ला लिगाका ३, च्याम्पियन्स […]

November 30, 2017

एसियन गेम्समा ४० खेल समावेश, सम्भावना बोकेका खेल प्राथमिकतामा

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ को अगष्टमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा विभिन्न ४० खेल समावेश गरिएको छ । इन्डोनेसियाको दुई शहर जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुनेछ जसमा यसपटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ । नेपालबाट भने सहभागिता जनाउने खेलको तय भइसकेको छैन […]

Nepali Cricket Team

November 29, 2017

युएईसँग खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएलसी) का अन्तिम दुई खेल खेल्न नेपाली क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली इत्तिहाद विमानबाट आज दिउँसो ४ः३० बजे अबुधावी उडेकोे हो । टोलीमा प्रमुख प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमण सिवाकोटी पनि […]

November 29, 2017

मनाङ मेची नेत्रालय काकरभिट्टाको फाइनलमा , फेरि आर्मीसँग भिड्ने

काकारभिट्टा (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई आज सडन डेथमा हराउँदै मनाङ लगातार दोस्रो साता दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा मनाङ ८–७ ले विजयी भएको थियो । […]

Success

Thank you for your time.