default_image

popular

December 10, 2017

साउथह्याम्पटन र आर्सनलले बराबरी खेले

साउथह्याम्टन (एजेन्सी)– खेलको अन्तिम तिर ओलिभर गिर्राडको गोलमा आर्सलनले प्रिमियर लिगमा आज साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको छ । चार्लिन अस्टिनले तेस्रो मिनेटमा साउथह्याम्टनले घरले मैदानमा अग्रता लिएको थियो । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गिर्राडले गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए । ७२ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गिर्राडले एलेक्सस […]

December 10, 2017

आर्मी दुहवी गोल्ड कपको सेमिफाइनलमा

दुहवी (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लब मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले सेमिफाइनलमा अग्नी रुपन्देही ११ र हिमालयन शेर्पाको विजेतासँग सेमिफाइनल खेल्नेछ ।  आजको खेलको निर्धारित समय १–१ को बराबरीपछि खेल निर्णयका लागि […]

December 10, 2017

श्रीलंकासँग भारत ७ विकेटले पराजित

धर्मशाला (एजेन्सी)– श्रीलंकाले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन जोडेको थियो । श्रीलंका लागि जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रन जोडे । त्यस्तै एन्जेलो म्याथुले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन […]

December 10, 2017

श्रीलंकाविरुद्ध भारतको कमजोर ब्याटिङ

धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो । एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको […]

ANFA Three Star

December 10, 2017

एन्फा कार्यसमिति बैठक बस्दै, थ्री स्टारले क्षतिपूर्ति अझै पाएन

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न निर्वाचन सम्बन्धि विश्व फुटबल महासंघ (फिफा) को पत्र प्राप्त भइ नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठकमा मुख्यतः निर्वाचनकै विषयमा छलफल हुने बताइएपनि अब नयाँ प्रस्तावित मितिलाई फिफाले स्वीकृति दिन्छ दिदैन भन्नेमा एन्फा कुरिरहेको छ । ‘पूर्व निर्धारित समयमा निर्वाचन गर्न नसक्नुको कारण […]

Nacho

December 10, 2017

रियलको सहज जितमा रोनाल्डोको दुइ गोल

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि ५-० को सहज जित दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डोले दुइ गोल गरे भने, नाचो फरन्याण्डेज , टोनी क्रुस र आचरफ हाचिमीले पनि गोल गरे । रियलको पाँचै गोल पहिलो हाफमा भयो । घरेलु मैदानमा रियल तेस्रो मिनेटमा अग्रता लिन सफल भयो । कर्नरमा सेभिल्लाका […]

December 9, 2017

श्यान्टु र नवितालाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । श्यान्टु र नविता दुवै राष्ट्रिय च्याम्पियन पनि हुन् ।  लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनलमा श्यान्टुले प दुई पटकका पूर्व च्याम्पियन आफ्नै क्लबका दीप साउनलाई  ७–११, १३–११, ११–३, […]

December 9, 2017

दुहवी गोल्ड कममा चर्च ब्वाइजसँग झापा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको चर्च ब्वाइज क्लब युनाइटेड दोस्रो मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।    दुहवी रंगशालामा आज भएको उद्घाटन खेलमा मोफसलको बलियो टोली रमपम झापा ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजले सेमिफाइनलमा आयोजक इलेभन एरोज क्लब र लक्ष्मी हुन्डाई मनाङ […]

December 9, 2017

‘नेयमारलाई पिएसजी जान सल्लाह दिए’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व खेलाडी नेनेले नेयमारलाई बार्सिलोना छोड्न सल्लाह दिने मध्ये आफु पनि एक रहेको बताएका छन् । पिएसजीले २ सय मिलियन युरो सुरुवा शर्त रकम तिरेर नेयमारलाई बार्सिलोनाबाट भित्राएको थियो । नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्थे । तर, त्यसका लागि बार्सिलोनामा लियोनय मेस्सीको छायाँमा बसेर सम्भव नदेखेपनि उनीले […]

December 9, 2017

दुहवी गोल्ड कप आज सुरु हुँदै, झापा र चर्च ब्वाइज भिड्दै

दुहवी (हाम्रो खेलकुद)– दोस्रो मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । आज उद्घाटन खेल रमपम झापा र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस १ गते सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुपन्देही ११, मोरङ ११, आयोजक एलेभन एरोज क्लब र भारतको मिरपुर एकादश रहेका छन् । एलेभन […]

Success

Thank you for your time.