default_image

popular

January 4, 2018

रोहित पुनः पर्सिजा जाकार्तामा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष […]

January 4, 2018

दृष्टिविहिन क्रिकेटका लागि सहयोग जुटाउदै क्रिकेट समर्थकहरु

काठमाडौँ (हाम्रोखेलकुद)- दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा भाग लिन लाहोरतर्फ बसमा हिडेको नेपाली टोलीलाई प्रतियोगिताबाट फर्कदा बसमा हैन हवाईजहाजमा फर्काउन पर्छ भन्ने मूल नारा सहित नेपाली क्रिकेट समर्थक समाज आर्थिक सहयोग जुटाउन लागि परेको छ। १५ दिनमा २ लाख उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा हिजै मात्र दुइ लाखको हाराहारीमा सहयोगको प्रतिबद्दता आइसकेको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी […]

January 3, 2018

रेल सेवा रद्द भएपछि नेपाली टोली बस यात्रामा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरबाट बसमा यात्रा गर्ने भएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसर जाने रेल अबरुद्ध भएसँगै केहि घन्टा नेपाली टोली अन्यौलमा परेको थियो । २२ […]

January 3, 2018

नेपाली दृष्टिविहिन क्रिकेट टोली गोरखपुरमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]

January 3, 2018

पूर्व प्रशिक्षक थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]

January 3, 2018

बेसीशहरलाई त्रिवेणी कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद)– बेसीशहर युथ सोसाइटीले २६ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । आयोजक त्रिवेणी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बेसीशहर च्याम्पियन बनेको हो । बेशीशहरले तीन वर्षको अन्तरमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहज खेल मैदानमा बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेलमा […]

January 2, 2018

एनओसीको दोहोरो अस्तित्व यथावत रहने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को दोहोरो अस्तित्व यथावत कायम रहने देखिएको छ । सर्वोच्च अदालतले पछिल्लो पटक जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले दायर गरेको मुद्दा मंगलबार खारेज गरेपछि दोहोरो अस्थित्व यथावत रहने भएको हो । महानगरिय प्रहरी परिसर जावलाखेल लगायत १२ जनालाई विपक्षी […]

January 2, 2018

आयोजक त्रिवेणी र बेसीशहर उपाधिका लागि भिड्ने

लमजुङ/बेशीशहर (हाम्रो खेलकुद)– आयोजक त्रिवणी युवा क्लब र बेसीशहर युथ सोसाइटी लमजुङ २६ औं खुला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । फाइनलमा पुग्ने दुवै टोली सडन डेथमा विजयी भएका थिए । बेसीशहर सहजीस्थित खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले सुन्दरबजारलाई सडनडेथमा ७–६ ले पराजित गर्दै उपाधि नजिक पुगेको […]

January 2, 2018

महिला फुटबलमा पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं (हाम्रा खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल फुटबल विभागीय नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाथि २–१ को कठिन जित निकालेको हो । लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एक गोलले […]

January 2, 2018

ढोरपाटन भलिबललाई रेडबुलको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ । ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ […]

Success

Thank you for your time.