default_image

popular

January 7, 2018

गोल्ड कपको पुरस्कार राशीमा प्रतिस्पर्धा – इटहरी गोल्ड कपमा १२ लाख

दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]

January 6, 2018

पाकिस्तानमा नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी आज पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष […]

January 6, 2018

छन्त्याल कन्ट्रक्सनलाई भलिबल उपाधि

अर्जुन कार्की बागलुङ– छन्त्याल कन्ट्रक्सनले बागलुङमा खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्ये एकका रुपमा रहेको पुरुष भलिबलको फाइनलमा आज पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो । छन्त्याल कन्ट्रक्सनले २५–२१, २७–२५ र २५–२१ को नतिजा निकालेको थियो । पश्चिमाञ्चलले फाइनल अघि […]

January 5, 2018

महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोटलाई

अर्जुन कार्की बागलुङ –बागलुङमा पाँचौं बागलुङ महोत्सवको आकर्षणमध्ये रहेको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोटले जितेको छ ।आज भएको फाइनलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै दर्शनले उपाधि जितेको हो । एकपक्षिय खेलमा दर्शनले खेलकुद महासंघलाई २५–१२, २५–१३ र २५–१८ ले हराएको थियो । दर्शनबाट पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकारसहित राष्ट्रिय […]

January 5, 2018

एपीएफ समूह विजेता , सावित्राको उत्कृष्ट गोल निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको एक मात्र […]

January 5, 2018

आयोजक सदूरपश्चिमको विजयी शुरुवात

विवेक सुवेदी धनगढी – आयोजक सुदूर पश्चिम–११ स्पोर्टस क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । तस्बिर – विवेक सुवेदी / हाम्रो खेलकुद धनगढी रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । निर्धारित […]

January 5, 2018

खप्तड गोल्डकप आजदेखि, च्यासल र सुदुरपश्चिम भिड्दै

धनगढी (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलमा सबैभन्दा बढी राशी भएको प्रतियोगिता नेपाल आइस खप्तड गोल्डकप आजबाट शुरु हुँदै छ । आजको उद्घाटन खेलमा सुदुरपश्चिम ११ च्यासलको सामना गर्दै छ । मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । त्यस्तै दुईवटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा […]

January 4, 2018

महिला फुटबल सुपर लिगको समिकरण पुरा, पुलिस र सुदूर अघि बढे

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र सुदूर पश्चिमाञ्चल राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा पुगेका छन् । योसँगै सुपर लिगको समिकरण पुरा भएको छ । यसअघि बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुपर लिगमा स्थान बनाएका थिए । लिग अन्र्तगत बिहिबार भएको […]

hk binod and sagar

January 4, 2018

डिभिजन २ का लागि प्रारम्भिक छनोट, सागर र विनोद परेनन्

काठमाडौं (हाम्रो खेलकुद ) – अर्को महिना देखी नामिबियामा हुने आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन २ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा २१ खेलाडीको नाम सार्वजनिक भएको छ । डिभिजन २ फेब्रुअरी ६ बाट सुरु हुँदैछ । राष्ट्रिय टोलीका दुई खेलाडी सागर पुन र विनोद भण्डारी प्रारम्भिक चरणमा नै स्थान बनाउन सकेनन् । […]

January 4, 2018

खप्तड गोल्डकपका लागि थ्री स्टार सुदूरपश्चिम जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – यसै साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि थ्री स्टार सुदूरपश्चिम प्रस्थान गरेको छ । आज राजाधानीमा आयोजित एक कार्यकमका बीच टोलीलाई क्लबका पदाधिकारीले विदाई गरे । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने प्रतियोगितामा थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा […]

Success

Thank you for your time.