January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (अाईपीएल) को अक्सनमा सहभागी छन् । पहिलो दिन सुरुका १ सय १० खेलाडीमा मात्र बोली लाग्दा सन्दीपको भाग्य दोस्रो दिन थाहा हुने भएको हो । अक्सनमा सन्दीपको नाम अगाडि अाउन सहभागी कुनै टोलीले उनको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)–नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेपलिज टिमलाई २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो । नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बटरफ़्लाई पार्कको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]
January 27, 2018
काठमाडौँ (हाम्रो खेलकुद) नेपालले आईतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बुधवार मैत्रिपूर्ण खेल खेल्नेछ । नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीज बिचको मैत्रीपूर्ण खेल प्रत्यक्ष हेर्नुहोस् :
January 27, 2018
इटहरी (हाम्रो खेलकुद)– झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको आइ लिग डेब्यू खेलमा उनको नयाँ क्लब मिनरेभा पञ्जाबले जित हासिल गरेको छ । निरोका एफसीलाई शनिबार १–० ले हराउँदै करिणको टोली आइलिगको शीर्ष स्थान थप मजबुत बनेको छ । दोस्रो मिनेटमा चेन्चो ग्याल्सेनले गरेको गोल खेलको निर्णायक बन्यो । घरेलु टोलीका दुई आक्रमणलाई किरणले […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्धको फाइनलमा बुद्ध चेम्जोङको खेलमा थ्री स्टारले अग्रता लिएको हो । इटहरी रंगशालामा बुद्धले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३-० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो […]