default_image

popular

tsc mmc

March 1, 2018

चितवनमा थ्री स्टार र मनाङको भिडन्त

चितवन (हाम्रो खेलकुद)– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा आमना सामना हुँदैछ । एक महिना भन्दा केही दिनका बीचमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । माघ १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलपछि यी दुई टोलीबीच […]

Spurs llorente

March 1, 2018

टोटेनह्यामको जितमा लोरेन्टेको ह्याट्रिक, सनको दुई गोल

लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे । प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) […]

February 28, 2018

एएफसी कपमा पर्सिजाको सहज जित, रोहितले पुरा समय खेले

जाकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको खेलमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले सिंगापुरको टामपाइन्स रोभर्सलाई ४-१ ले पराजित गरेको छ । पर्सिजाको जितमा नेपाली मिडफिल्डर रोहित चन्दले पुरा समय खेले । घरेलु मैदानको खेलमा क्रोसियाका फरवार्ड मार्को सिमिकले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा उनको गोलमा पर्सिजाले अग्रता लिएको थियो । रिजाल्दी हेनाउसाले ४४ औं मिनेटमा […]

February 28, 2018

नेपाली फुटबल टोलीको तयारी अर्को साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसिया कप २०१९ को छनोट चरणबाट नेपाल बाहिरिसकेको छ । यद्दपी समूह चरणको अन्तिम खेल नेपालले यमनसँग खेल्न बाँकी छ । यमनसँगको खेलका लागि नेपाली टोलीको तयारी अर्को साताबाट सुरु हुने भएको छ ।   नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले आइतबारबाट प्रशिक्षण सुरु हुने बताएका छन् ।नेपाल र यमनबीच […]

February 28, 2018

जापानी प्रशिक्षक कोजीसँगको सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु  कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीसँगको सम्झौता १ वर्ष नवीकरण गरेको छ ।  २ वर्षअघि नेपाली टोलीको प्रशिक्षकका रुपमा नियुक्त भएका कोजी र टेक्निकल डाइरेक्टर चियाकीसँगको दुई वर्षे सम्झौताको अन्त्यसंगै एन्फाले सम्झौता नवीकरण गरेको हो । जापानी राजदुताबासमा गरेको पत्रकार सम्मेलनमा एन्फाले सम्झौता सार्वजनिक […]

February 28, 2018

पाँचथर फुटबल – जिल्ला भित्र चलायमान,बाहिर गुमनाम

दिपक बोहोरा पाँचथर– पाँचथर जिल्ला फुटबल गतिविधिका हिसाबले चलायमान जिल्ला हो । बर्षमा दुइवटा ठूला गोल्डकप प्रतियोगिता आयोजना हुँदै आएको छ । फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्ने फाल्गुनन्द गोल्डकपको यो वर्षसँगै नवौं संस्करण सम्पन्न भइसकेको छ । चैत अन्तिम सातामा पाँचथर क्लबले पाँचथर गोल्डकपको दोश्रो संस्करण आयोजना गर्ने तयारी सुरु गरिसकेको छ । हिँउद लागे […]

February 28, 2018

जापानले एन्फाको पूर्वाधार निर्माण र स्तरउन्नतीमा सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – जापान सरकारले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रहेको मैदानको भौतिक पूर्वाधार स्तरोन्नतीमा लागि सहयोग गर्ने भएको छ । जापानी दुतावास पानीपोखरीमा बुधबार आयोजित सम्झौता पत्रमा नेपालका लागि जापानी राजदुत मासासी ओगावा र अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानले सम्झौतामा हस्ताक्षर गरेका थिए । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुसट्स […]

February 28, 2018

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

चितवन (हाम्रो खेलकुद)- फिस्लिंगमा सम्पन्न भएको  पर्वतिय खेलकुद महोत्सवअन्तर्गतको दोस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ।  प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनाको अलुमाइन नदीमा नोवेम्बेर ४ देखि १० सम्म संचालन हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छ । स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा  प्याडल नेपाल ‘ए’ […]

el-clasico-messi-ronaldo

February 28, 2018

“रोनाल्डो उत्कृष्ट, तर मेस्सी अर्कै संसारका खेलाडी”

तेहरान (फिफा) – इरानका प्रशिक्षक कार्लोस क्विरोजले क्रिस्टियानो रोनाल्डो संसारको सबै भन्दा उत्कृष्ट खेलाडी हुन् तर मेस्सी यो संसारका नै नभएको बताएका छन् । रोनाल्डो र मेस्सीबीचको लामो समय देखिको तुलनामा क्विरोजले आफ्नो धारणा राखेका हुन् । ‘रोनाल्डो संसार कै सर्वोकृष्ट खेलाडी हुन्’ , क्विरोजले फिफासँगको अन्तर्वार्तामा बताए । ‘तर मेस्सी एक असाधारण खेलाडी हुन् र उनी […]

February 28, 2018

ला लिगामा रियल म्याड्रिड इस्पानियोलसँग पराजित

बार्सिलोना (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा तालिकाको तेह्रौं स्थानमा रहेको इस्पानियोलसँग १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए । रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । सिजनमा खराब सुरुवात पश्चात रियल केहि खेलयता राम्रो लयमा देखिएको थियो । सो […]

Success

Thank you for your time.