default_image

popular

Paras Khadka

March 19, 2018

पारस खड्का: नेपाल ठूलो क्रिकेट राष्ट्र बन्न सक्छ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको खेलपछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाएको नेपाली टोलीका कप्तान पारस खड्कासँगको अन्तरर्वार्ता हेर्नुहोस ।  

March 19, 2018

एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल,राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले  विमानस्थलमा टोलीको स्वागत गरेका थिए […]

ronaldo girona

March 19, 2018

रियलको जितमा रोनाल्डोले गरे करियरको ५० औं ह्याट्रिक

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो। रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी […]

messi barca

March 19, 2018

घरेलु मैदानमा बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बावोलाई २-० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा पाको अल्कासर र लियोनल मेस्सीले गोल गरे। लुइस स्वारेजको स्थानमा खेलेका २४ वर्षीय स्पेनिस स्ट्राइकर अल्कासरले ८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलमा हावी रहेको बार्सिलोनाका लागि फिलिप कौटिन्होको १४ औं मिनेटको बलियो प्रहार […]

March 18, 2018

भारतलाई श्रृखंला, रोमाञ्चक फाइनलमा बंगलादेशको हार

कोलम्बो (एजेन्सी)– दीनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई ४ विकेटले हराउँदै भारतले टि ट्वान्टी त्रिकोणात्मक श्रृखंला जितेको छ । अन्तिम बलमा जितका लागि ५ रनको आवश्यता रहेको अवस्थामा कार्तिकले छक्का प्रहार गर्दै टोलीको जित पक्का परेका थिए । भारतलाई जितका लागि अन्तिम १३ बलमा ३४ रनको आवश्यकता थियो । १ सय ६७ रनको […]

March 18, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाली टोलीका व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार आइतबार साँझ ७ बजे जिम्बावे छोडेको नेपाली टोली सोमबार साँझ ५ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । अर्को वर्ष हुने विश्व कपका […]

Brazil richarlison

March 18, 2018

ब्राजिलले विश्व कप जित्ने रिचार्लिसनको विश्वास

लण्डन (एजेन्सी) – वाटफर्डका २० वर्षीय ब्राजिलियन मिडफिल्डर रिचार्लिसनले रुस विश्व कप ब्राजिलले जित्ने विश्वास गरेका छन् । फोरफोरटूसँगको अन्तर्वार्तामा बोल्दै उनले ब्राजिलले विश्वकप जित्ने र ब्राजिलको विश्व कपको मिडफिल्डमा आफु पनि रहन चाहेको बताएका छन् । ब्राजिलको यू-२० टोलीबाट प्रवाभशाली प्रदर्शन गरेका यी विंगर २०१७ यता ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट इङ्लिस क्लब वाटफार्डसँग आबद्ध छन् । प्रिमियर […]

arun man and Neupane

March 17, 2018

एन्फा सदस्यमा लामा निर्विरोध, उपाध्यक्षबाट न्यौपाने र जोशीको उम्मेदवारी फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा पेमा लामा निर्विरोध भएकी छिन् । दुई मध्ये रमा भट्टराईले आइतबार उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध भएकी हुन् । चैत १४ गते एन्फाको १ अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचन नजिकिदै गर्दा उपाध्यक्षमा ९ जनाको उम्मेदवारीमात्र कायम रहेको छ […]

Nepali Cricket Nepal Cricket

March 17, 2018

नेपाल नेदरल्यान्ड्स विरुद्ध पराजित, प्रतियोगितामा आठौं

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै […]

full contact karate

March 17, 2018

फुल कन्ट्याक्ट करातेमा सनी र मन्जु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]

Success

Thank you for your time.