default_image

popular

April 5, 2018

विराटनगर किङ्ससँग टिम चौराहा १८ रनले पराजित

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा दोस्रो जित हात पारेको छ ।  विराटनगरले टिम चौराहा धनगढ़ीलाई १८ रनले पराजित गरेको हो । ब्याटिङ्तर्फ  ४१ रन र बलिङ्तर्फ ४ विकेट लिएका पवन सराफ म्यान अफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे । […]

April 5, 2018

चौराहालाई विराटनगरको १ सय २८ रनको चुनौती

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको आजको पहिलो खेलमा लगातार दुई खेलमा जित हात पारिसकेको विराटनगर किङ्सले टिम चौराहा धनगढीलाई १ सय २८ रनको लक्ष्य दिएको छ। चौराहाका कप्तान सोमपाल कामीले टस जित्दै बिराटनगर किङ्सलाई ब्याटिंग गर्ने निम्तो दिएका थिए ।  प्रतियोगितामा विराटनगरले २ खेल खेल्दै १ मा जित हात पारेको छ भने चौराहाको ३ खेलमा २ […]

April 5, 2018

क्रिकेट मैदान निर्माण चर्चा –मुख्यमन्त्री पौडेलसहित धुर्मुस प्रतिष्ठान अवलोकनमा

अमृत चिमरिया हेटौंडा – क्रिकेट मैदान निर्माणका लागि भन्दै विभिन्न जिल्लाको यात्रामा निस्केका धुर्मस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल (धुर्मुस) बुधबार मकवानपुर पुगेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको प्रस्तावित केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट मैदान अवलोकनका लागि कट्टेल प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा त्यहाँमा पुगेका थिए । मुख्यमन्त्री पौडेलले […]

April 5, 2018

रोमाविरुद्ध बार्सिलोनाको सहज जित

बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४-१ ले हराउन सफल भयो । बार्सिलोनाले खेलमा ड्यानियल डि रोसीको आत्मघाती गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा पनि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बनेको थियो । खेलको ५९ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल […]

April 5, 2018

आर्मी विराट गोल्डकपको सेमिफाइनल

विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेर गरेको छ । साविक विजेता अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । भोली हुने सेमिफाइनलमा आर्मीले रमपम झापाको सामना गर्नेछ । बुधबारको दिवा रात्री खेलको निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि […]

April 4, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्स प्ले अफ नजिक

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०–२ को प्ले अफको नजिक पुगेको छ । लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंले विराटनगर किङ्स र टिम चौराहा धनगढीसँग खेल्न बाँकी छ ।  काठमाडौंको ६ अंक छ भने ४ अंकसहित धनगढी टिम […]

April 4, 2018

रुस्लान डिपिएल २– काठमाडौंका ज्ञानेन्द्रको अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिहेको काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३८ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौैंले ९ विकेट गुमाएर २० ओभरमा १ सय ३७ रन मध्यम स्कोर बनाएको हो । काठमाडौंका लागि राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका कप्तान ज्ञानेन्द्र […]

April 4, 2018

पारसको विराटनगरलाई पहिलो सफलता

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका कप्तानसमेत पारस खड्काको कप्तानीमा रहेको विरानगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा पहिलो जित निकालेको छ । अञ्चल प्रहरी कार्यालय एसएसपी मैदानमा बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो । विराटनगर आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको थियो […]

April 4, 2018

रुपन्देही १ सय ८२ रनको लक्ष्य पछ्याउदै

धनगढी (हाम्रो खेलकुद) – लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतक पुरा गरेपछि बुधबारको पहिलो खेलमा पहिले विराटनगर किङ्सले रुपन्देहीविरुद्ध १ सय ८१ रन बनाएको छ । टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले […]

April 4, 2018

रोनाल्डोको २ गोलमा रियलको सहज जित

एजेन्सी (टुरिन) – क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति युभेन्टस्को घरेलु मैदानमा रियललाई जिताउन सुपरस्टार क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० […]

Success

Thank you for your time.