default_image

popular

kiran chemjong

April 24, 2018

झापाको जर्सी किरणलाई फापेन

इलाम (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले मंगलबार झापा ११ फुटबल क्लबबाट खेले । इलाममा जारी माई भ्याली गोल्डकपमा झापा एपीएफसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतबाट दुई साताअघि नेपाल फर्केका किरण अहिले कुनै क्लबसँग आबद्ध छैनन् । उनले मिनेर्भा पन्जाबसँग अप्रिलको अन्तिमसम्म सम्झौता गरेका थिए। पछिल्लोपटक मिनेर्भाबाट […]

apf

April 24, 2018

झापालाई पराजित गर्दै एपिएफ माइभ्यालीको सेमिफाइनमा

इलाम (हाम्रो खेलकुद) – साविक विजेता रमपम झापा ११ लाई २-१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको बराबरी पछि एपिएफका नविन लामाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यो धेरै समय टिकेन । झापाका भुषण सुब्बाले २ मिनेट पछि गोल गर्दै खेललाई बराबरीमा पुर्याए। एपिएफले युवराज खड्काले […]

April 24, 2018

अष्ट्रेलियामा जगजितको गोल [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका सदस्य जगजित श्रेष्ठ हाल अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा प्रेस्टन लायन्सबाट खेल्दै छन्। जगजितले सोमबार भएको खेलमा प्रेस्टनका लागि गोल गरेका थिए। क्लिफटन हिलविरुद्धको ५-० को जितमा नेपाली मिडफिल्डर जगजितले दोस्रो गोल गरेका थिए। हेरौं जगजितको त्यस खेलमा गरेको गोल। भिडियो श्रोत : प्रेस्टन लायन्स

volleyball

April 24, 2018

केएनपी महिला भलिबललाई ग्लोबल आइएमईको साथ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]

Tennis Nepal

April 23, 2018

आईटीएफ एसिया यु–१२ टेनिस छनोटमा नेपालको मिश्रित प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मिश्रित प्रदर्शन गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगितामा ब्वाइजमा जित हात पारेको नेपाल गर्ल्समा भने पराजित भयो । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित गर्यो । सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी […]

Judo Nepal second

April 23, 2018

टिम इभेन्ट्समा भारतलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारतले टिम इभेन्टस्मा दोहोरो स्वर्ण जितेको छ । च्याम्पियनसिपको अन्तम दिन भारतले महिला र पुरुष टिम इभेन्टस्मा दोहोरो स्वर्ण हात पारेको हो । भारतले पुरुषमा पाकिस्तानलाई तथा महिलामा नेपाललाई पराजित गर्दै दोहोरो स्वर्ण हात पारेको हो । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद अन्तिम दिन सोमबार […]

nepal-volleyball-second

April 23, 2018

सेन्ट्रल जोन भलिबल : नेपाललाई सेमिफाइनलमा स्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को  सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]

April 23, 2018

मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]

April 22, 2018

न्यु डायमण्डकी कृपा बनिन् सेकेण्ड लेफ्टिनेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् ।   घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]

volleyball

April 22, 2018

सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हराउदै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो । […]

Success

Thank you for your time.