default_image

popular

May 12, 2018

स्ट्रिट चाइल्ड वल्डकपमा नेपालको विजयी सुरुवात

मस्को (हाम्रो खेलकुद) – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को दोस्रो दिन शनिबार नेपालले केन्यालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए । नेपाल […]

May 12, 2018

आइपिएलमा राजस्थानसँग चेन्नईको हार

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर […]

kiran chemjong

May 11, 2018

दमक गोल्डकपमा किरण सर्वोत्कृष्ट खेलाडी

दमक (हाम्रो खेलकुद) – बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा सोही क्लबबाट खेलेको नेपाली राष्ट्रिय टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले टिभिएसको अपाचे १६० सीसीको बाइक प्राप्त गरेका छन् । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट […]

May 11, 2018

पुलिसलाई दमक गोल्ड कप, मनाङ फेरि फाइनलमा पराजित

दमक (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो । मनाङले भने लगातार दोस्रो गोल्ड कपमा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा रुस्लान थ्री […]

Nepal Police Club

May 11, 2018

दमक गोल्डकप फाइनल – मनाङ र पुलिस बर्षको पहिलो उपाधिका लागि भिड्दै

दमक (हाम्रो खेलकुद) — गत वर्ष समान २ नकआउट उपाधि जितेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बर्षको पहिलो नकआउट उपाधिका लागि आज दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्दैछन् । मनाङ भने यो वर्ष दोस्रो फाइनल खेल्दैछ । यसै महिना टोलीले इलामको माइभ्याली गोल्ड कपको फाइनल खेलको थियो । जहाँ मनाङ रुस्लान थ्री […]

May 11, 2018

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबार म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग गोलरहित बराबरीमा रोकिएको छ । वेस्ट ह्यामका गोलरक्षक आड्रीयानको उत्कृष्ट प्रदर्शनसँगै युनाइटेड गोल गर्न असफल रहयो ।  युनाइटेडका गोलरक्षक डेविड डे हेयाले पनि केहि राम्रो बचाउ गरे । खेलमा युनाइटेड हावी देखिएपनि वेस्ट ह्यामले राम्रो रक्षात्मक खेल प्रस्तुत गर्दै खेलमा अंक निकालेको थियो […]

May 11, 2018

हैदराबाद आइपिएल प्ले अफ पुग्ने पहिलो टोली, दिल्लीको अर्को हार

दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ […]

May 10, 2018

रोल्पामा सर्वाधिक पुरस्कार राशिको सभामुख कप भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा रोल्पामा सर्वाधिक पुरस्कार राशीको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक राखेपले बिहिबार पत्रकार सम्मलेनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको सदरमुकाम लिवाङमा बैशाख २९ गतेबाट जेठ २ गतेसम्म हुने जानकारी गराएको हो । […]

May 10, 2018

प्रधानमन्त्री कप क्रिकेट जेठ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा दोस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ तेस्रो सातादेखि शुरु हुने भएको छ । राखेपले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १३ गतेबाट २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० […]

May 10, 2018

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस […]

Success

Thank you for your time.