default_image

popular

May 28, 2018

हामी उत्कृष्ट होइनौं – मेस्सी

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १६ बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् । एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।” […]

aarif

May 28, 2018

पुलिस र प्रदेश १ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ ले जित दर्ता गरेका छन् । वर्षाले प्रभावित दोस्रो दिनको खेलमा पुलिसले प्रदेश ७ तथा प्रदेश १ ले प्रदेश २ लाई पराजित गरे । तस्बिर : विवेक सुवेदी।/हाम्रो खेलकुद किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा […]

May 28, 2018

ज्ञानेन्द्र इसेवाको ब्राण्ड एम्बेसेडर

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे इसेवाको ब्रान्ड एम्बेसडर बनेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता रकम सार्वजनिक नगरिएपनि ज्ञानेन्द्र एक वर्ष सम्म इसेवाको ब्रान्ड एम्बेसडर रहने बताइएको छ । नेपाली क्रिकेटमा विभिन्न रुपले जोडिदै […]

May 28, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १६

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् अर्जेन्टिनाका विङर एन्जल डि मारिया । एन्जल डि मारियाले यस सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिग १ को […]

bipin khatri

May 27, 2018

‘व्हाट अ क्याच !’

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे।  ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]

May 27, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १७

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । सन् २०१५ सम्म ‘एन्गोलो कान्टे’ विश्व फुटबलमा अपरिचित नाम थियो । फ्रान्सको तुलनात्मक रुपमा […]

May 27, 2018

सलाहको चोट गम्भीर

किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]

bale goal

May 27, 2018

क्यारियसको गल्तीमा लिभरपुल चुक्यो, रियललाई लगातार तेस्रो उपाधि

किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो।  पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु […]

salah liverpool

May 26, 2018

करियरकै पहिलो प्रमुख ट्रफीको प्रतिक्षामा सलाह

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्दा धेरैको नजर दुई गोल मसिन क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहमाथि रहनेछ। रोनाल्डो सम्मिलित रियल म्याड्रिडले आज राती नेपाली समयानुसार १२:३० मा लिभरपुलको सामना गर्दैछ। रोनाल्डो करियरको पाँचौ च्याम्पियन्स लिग उपाधि जित्ने प्रयासमा रहनेछन्। रोनाल्डोले रियलबाट तीन च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । यता लिभरपुलका […]

army champions

May 26, 2018

आर्मीलाई रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले फाइनलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि जितेको छ। टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। जवाफमा रुपन्देहीले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनायो। प्रतियोगिताको विजेता आर्मीले ३ लाख रुपैयाँ […]

Success

Thank you for your time.