March 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […]
March 27, 2024
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]
March 27, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]
March 27, 2024
एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]
March 27, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले चिलीमाथि पूनरागमन जित निकालेको छ । १–० ले पछि परेको स्थितिमा फ्रान्सले घरेलु मैदानमा चिलीमाथि ३–२ को पूनरागमन जित दर्ता गर्न सफल भएको हो । फ्रान्सको पूनरागमन जितमा युसोफ फोफाना, रान्दल कोलो मुएनी र ओलिभर जिरुडले गोल गरे । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल फर्काए । मार्से […]
March 27, 2024
एजेन्सी – स्पेन र ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । स्पेन र ब्राजिलले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । ब्राजिलले खेलमा दुईपटक पछि परेको स्थितिमा घरेलु टोली स्पेनलाई रोक्न सफल हुँदा स्पेनले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सान्टियागो बर्नबेउ मड्रिड स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोली […]
March 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा […]
March 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज आयरल्यान्ड वल्भ्सविरुद्ध टि२० सिरिजको दोस्रो खेल खेल्दैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७ औं ओभरमा लक्ष्य पूरा […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा […]