April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुलाको पनि फाइनलमा पुगेकी छन्। अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको […]
March 31, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । सुरुवाती […]
March 31, 2024
विराटनगर (हाम्रो खेलकुद)- सिक्किम ड्रागन आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार ए डिभिजन टोली एनआरटीलाई थप समयमा २-१ ले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो। आर्दश तामाङले थप समयको अन्त्यतिर गोल गर्दै सिक्किमलाई जित दिलाए थिए। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। खेलमा लिएको अग्रतालाई एनआरटीले […]
March 31, 2024
सुमन अधिकारी,बुटवल पल्सर सिइसी काठमाण्डौ रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेट प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले पराजित गर्दै सिइसीअन्तिम दुईमा पुगेको हो । नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नाममा प्रतियोगिता आयोजना गरेका हुन्। […]
March 31, 2024
सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । गुजरातका लागि डेविड मिलरले विजयी […]
March 31, 2024
एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् । इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्रेन्टफोर्डका लागि […]
March 31, 2024
एजेन्सी – साउदी प्रो लिगमा शनिबार अल नासरले अल ताइलाई ५-१ ले हराउँदा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए। खेलको २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै अल […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहको फाइनलमा पुगेकी छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले फाइनलमा अमेरिकी खेलाडीको सामना गर्नेछिन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका छन् । प्रशिक्षक […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र एपिएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेको हो । आर्मीले ३ स्वर्ण, नेपाल पुलिस क्लबले २ तथा कर्णालीले १ स्वर्ण पदक प्राप्त गर्यो । महिलामा एपिएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी […]