default_image

popular

December 4, 2024

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि […]

December 4, 2024

बार्सिलोनाको‌ सानदार जित

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ। शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ‌। बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं […]

December 3, 2024

एनओसीको विधान संशोधन : अध्यक्ष र महासचिव ४ कार्यकालको लागि उम्मेदवार बन्न पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ । एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक […]

December 2, 2024

एसियन प्यासिफिक सितोरियो करातेमा गुरुङ निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]

December 2, 2024

अष्ट्रेलियन अलराउन्डर कटिङ एनपिएल खेल्न आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्। कटिङले आफ्नो करियरमा विश्वभरका टि ट्वान्टी लिगहरूमा खेलिसकेका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास लिग (बिबिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारिबियन प्रिमियर लिग (सिपिएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भइसकेका छन् । सनराइजर्स हैदरवादले […]

December 2, 2024

रिफ्रेस जुस सुदूरपश्चिम रोयल्सको बेभरेज पार्टनर

काठमाडौं(हाम्रो खेलकुद) – रिफ्रेस जुस र सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ रिफ्रेस जुस र सुदूरपश्चिम रोयल्सबीच बेभरेज पार्टनरको लागि सोमवार सम्झौता भएको हो । रिफ्रेस जुसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुइ जोंगलिन र सुदूरपश्चिमका तर्फबाट सिइओ प्रकाश खड्काले हस्ताक्षर गरेका हुन् […]

December 2, 2024

अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न एनओसीलाई राखेपको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विधान संशोधनका लागि मंगलवार विशेष साधारणसभा डाकेको छ । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई आधार मानेर साधारण सभा नगर्न सोमवार पत्राचार गरेको छ। विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने […]

December 2, 2024

काभा क्लब च्याम्पियन्सिप – गण्डकीबाट ३ भारतीयले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ । गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा […]

December 2, 2024

३ पाकिस्तानीसहित हेल्प नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ । हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर […]

December 2, 2024

जनकपुरसामू कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सोमवारको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई जितका लागि १ सय ४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका […]

Success

Thank you for your time.