April 30, 2024
ललितपुर (हाम्रो खेलकुद) – काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनलमा पुगेका छन् । मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारी संग सेतो गोटीबाट सुरु गरेका थिए । खेल प्रतिस्पर्धात्मक बन्यो । क्षितिले गल्तीका कारण हारे । दोश्रो खेल कालो गोटीबाट शुरु गरेका उनलाई […]
April 30, 2024
हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]
April 30, 2024
धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई मंगलबार भएको फाइनलमा ४–१ गोलले हराउँदै आर्मी च्याम्पियन बनेको हो । धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ तथा सिमा खड्का र कमला चन्दले समान १ गोल गरिन् । गण्डकीका लागि सीता […]
April 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]
April 30, 2024
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]
April 30, 2024
हिमाल खरेल, बिर्तामोड तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्बहाली भएका छन् । बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो । उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएसँगै उनी हालका सदस्य सचिव हंशराज वाग्ले भने […]
April 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]
April 30, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]
April 30, 2024
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]
April 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गत साता लण्डन म्याराथनमा भाग लिएका धावक गोपी चन्द्र पार्की सोमबार स्वदेश आइपुगेका छन् । नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।अघिल्लो साताको आइतबार भएको लण्डन म्याराथन गोपीले २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । लन्डनमा नेपालीहरुबाट न्यानो माया र स्वागत पाएको गोपीले बताए […]