May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो […]
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण यहि साता आयोजना हुने भएको छ। कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजनामा शनिबार हुने म्याराथनको सबै तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यस वर्षको नारा ‘रन टु इन्स्पायर द यड’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहने […]
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ । केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । […]
May 15, 2024
सुमन अधिकारी,बुटवल मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा हुने (जेठ ३ गते ) दोस्रो राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा खुल्ला हाफ म्याराथनसहित ५ वटा इभेन्ट समावेश गरिएको छ […]
May 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको सानदार क्रसमा […]
May 14, 2024
विराटनगर (हाम्रो खेलकुद) – भारतको पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको मैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले नेपाल पुलिस क्बलाई १२ रनले हरायो । अर्को खेलमा कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गदैृ अन्ति आठको यात्रा तय […]
May 14, 2024
ललितपुर (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसला मंगलबार पनि भएन । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका सन्दीपको मुद्दाको बहस हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको मंगलबार इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनले जनाएको छ । जवाफी बहस […]
May 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले यो वर्ष दसौं राष्ट्रिय खेलकुद आयोजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । राष्ट्रिय खेलकुद परिषदले डेढ वर्ष अघि नवौं राष्ट्रिय खेलकुद समापनका दौरानमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको […]
May 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]
May 14, 2024
एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]