default_image

popular

March 7, 2025

झापा इन्डो-नेपाल टि ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

March 7, 2025

बगान युथ बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड सुनसरीको न्यु स्टार क्लबमाथि सानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा न्यु स्टारलाई ३-० ले हराउँदै बगान अन्तिम चारमा पुगेको हो । बगानका लागि मिलन चाम्लिङले ६० औँ र ६९ […]

March 7, 2025

फाइनलका लागि एपिएफ र आर्मी दुवै आशावादी

दिपक बोहोरा, इलाम इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले तयार रहेको बताएका छन् । इलामको ठूलो टुडिखेलमा आज भएको प्री म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिम फाइनलको लागि तयार रहेको बताएका हुन् । आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक […]

March 7, 2025

मेचीनगर गोल्ड कपको तयारी पूरा

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । ५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका संस्थापक अध्यक्ष […]

March 7, 2025

पाँचथर गोल्डकप कप सुरु हुँदै

दिपक बोहोरा,पाँचथर पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । फिदिम माविको भोलि सुरु हुने प्रतियोगिताको ट्रफी आयोजक पाँचथर क्लबका पदाधिकारीहरु शुक्रवार अनावरण गरेका हुन् । पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ । ट्रफी अनावरण गर्दै क्लबका उपाध्यक्ष शिव अधिकारीले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । आयोजक र पथरी […]

March 7, 2025

जोनाथन ललितपुर सिटीमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को लागि फ्रेन्चाइज क्लब ललितपुर सिटी एफसीले प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लाना लाई अनुबन्ध गरेको छ। डिफेन्डिङ च्याम्पियन ललितपुर शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै जोनाथनलाई टिमसँग आवद्ध गरेको जनाएको छ। एसिया र मध्यपूर्वका शीर्ष लिगहरू खेलेको अनुभव जोनाथनसँग छ। जसले गर्दा टिमलाई मजबुत बनाउने विश्वास टोलीले लिएको छ। जोनाथनले […]

March 7, 2025

फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

दिपक बोहोरा, पाँचथर फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरिएको हो । पुस ६ देखि १५ सम्म प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय सार्वजनिक गरेको छ। वचन दिएको रकम संकलन भएमा ७ लाख ५७ […]

March 7, 2025

फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेड्मीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रुपमा चैत १ गते आयोजना गर्न लागेको हो । एकेडेमीको बार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । पूर्व विश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले […]

March 7, 2025

‘बी’ डिभिजन लिगको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबार सुरु हुँदैछ। ३ वर्षपछि हुन लागेको बी लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने बतायो। नेपाल सुपर लिग (एनएसएल) सँग लिगको मिति जुधेको छ। […]

Success

Thank you for your time.