July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ। च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० […]
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्री मण्डलमा नेपाली कांग्रेसका सांसद चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् । युवा तथा खेलकुद मन्त्री राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष रहने व्यवस्था छ। राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल तथा […]
July 15, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनल थप समयमा गएको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको हो । फाइनल अघिका खेलमा भने ९० मिनेटको खेलमा बराबरी भए सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो। फाइनल खेल्ने क्रममा अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। दायाँ खुट्टाको […]
July 15, 2024
एजेन्सी – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। कोलम्बिया विरुद्ध सोमबार अमेरिकामा भइरहेको कोपा अमेरिकाको फाइनल खेल्ने क्रममा मेस्सी घाइते भएका हुन्। दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए। अर्जेन्टिना उपाधि रक्षा र कोलम्बिया दोस्रो पटक उपाधि जित्न प्रयासरत […]
July 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् । राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार […]
July 14, 2024
एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो राष्ट्र अर्जेन्टिनाको सिनियर टोलीबाट सोमबार बिहान सातौं फाइनलको रुपमा कोपा अमेरिका २०२४ मा कोलम्वियासँग प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजेपछि हुनेछ । सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि […]
July 14, 2024
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को उपाधिका लागि आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्पेन सम्भवत यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा […]
July 14, 2024
एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो । उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो । उरुग्वेका लागि […]
July 14, 2024
विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनलले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ । युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा […]
July 13, 2024
सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]