default_image

popular

July 28, 2024

चितवन लिग- हर्दी र माडी सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री , चितवन हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन् । आइतबार समूह बी को अन्तिम दुई खेलको नतिजापछि हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिगको ५ खेलमा ४ जित र १ बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । माडी […]

July 28, 2024

भारतलाई हराउँदै श्रीलंका पहिलो पटक च्याम्पियन

एजेन्सी – साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ […]

July 28, 2024

भारतद्वारा श्रीलंकालाई फाइनलमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

एजेन्सी – एसिसी एसिया कपको पहिलो पटक च्याम्पियन बन्न श्रीलंकाले भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा […]

July 28, 2024

पेरिस ओलम्पिक –सुस्मिता ४४ मध्ये ४२ औं

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् । आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । […]

July 28, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली आज पनि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु […]

July 28, 2024

एसिया कप फाइनल – भारत र श्रीलंका खेल्दै

एजेन्सी – श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने […]

July 28, 2024

रुटले लारालाई पछि पारे

एजेन्सी – इंग्ल्याण्ड टेस्ट टोलीका पूर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रायन लारालाई पछि पारेका छन् । रुट लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं स्थानमा उक्लिएका छन् । सुचीको आठौं स्थानमा रहेका लाराले १ सय ३१ टेस्ट खेलमा ११ हजार ९ सय ५३ रन बनाएका छन् । सातौं […]

July 28, 2024

रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ । क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ-११ मा रहे पनि रोहितले ब्याटिङ बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ […]

July 28, 2024

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

एजेन्सी – ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ । क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्यो । बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

July 27, 2024

श्रीलंकामाथि भारतको जित

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ । श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १ सय ७० […]

Success

Thank you for your time.