default_image

popular

August 3, 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]

August 3, 2024

काभा बिच भलिबल – कमला र मनिषाको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको महिला जोडी काभा बिच भलिबल च्याम्पियनसिपकाे च्याम्पियन बनेको‌ छ। भुटानको थिम्पुमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २-० काे सोझो सेटमा हराउँदै कमला पुन‌ र मनिषा चौधरीको‌ जोडी च्याम्पियन बनेको हो । नेपालले २१ -१७ र २१-१४ को जितसहित इतिहास स्वर्ण पदक जितेको हो । नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी शनिबार आयोजक माल्दिभ्स बी जोडीलाई हराउँदै उपाधि नजिक पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपाली जोडीले २१-१० र २१-१६ को जित निकालेको […]

August 3, 2024

काभा बिच भलिबल – कमला र मनिषाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनिषा चौधरीको नेपाली जोडीलेभुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा उज्वेकिस्तानको‌ जोडीलाई शनिबार २-० को‌ सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।प्रशिक्षक रुपेश विष्टका अनुसार नेपाली जोडीले २१-१३, २१-१२ ले हराएको थियो। नेपाली […]

August 3, 2024

यो मेरो होइन ‘हाम्रो खेलकुद’को यात्रा हो

नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]

August 3, 2024

नेपाली क्रिकेटर आबद्ध दुवै टोलीको खेल नतिजा विहिन

एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा […]

August 3, 2024

भारतलाई पहिलो पटक हराउन नेपाललाई चुनौतीसँगै अवसर

सरिता श्रेष्ठ, काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल आज घरेलु समर्थकले खचाखच भरिनेमा कुनै दुईमत नै छैन। एक त शनिबारको दिन अनि काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल तालिका । नेपाली समर्थकले भलिबललाई दिने साथ सँधै दरिलो रहने गरेको छ। झन् भारतसँगको खेलमा त दर्शकमा उत्साह बढी र बेग्लै हुनेछ। […]

August 2, 2024

भारत र श्रीलंकाबीचको पहिलो खेल बराबर टुंगियो

एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रवार भएको श्रीलंका र भारतको खेल टाइ भएको हो । श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान […]

August 2, 2024

दाबेदार भारतको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ। माल्दिभ्सलाई ३-० को अत्यन्त सहज नतिजामा हराउँदै भारत अंक तालिकाको शीर्षस्थानमा रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा निरीह माल्दिभ्सलाई भारतले कुनै मौका नै दिएन। कमजोर माल्दिभ्स विरूद्ध भारतले पहिलो सेट २५-६ ले […]

Success

Thank you for your time.