October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्याण्डका ओपनर ब्याटर मार्टिन गप्टिलले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले गप्टिललाई तेस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । दोस्रो विदेशी खेलाडीका रुपमा टोलीले […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ ठाउँमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ । एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो । साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।दशरथ […]
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको लागि टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लिले अखिल नेपाल फुटवल संघ ( एन्फा) विरूद्ध कानुनी लडाई लड्ने भएको छ। एन्फाले आज पत्रकार सम्मेलन आयोजना गरेर माउण्ट एभरेष्टसँगको सम्झौता रद्द गरेपछि त्यसका विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। सम्झौता रद्द भएसँगै एन्फा आफैले भौतिक रूपमा नै […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । स्वस्तिका र नोर्बु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने भएको छ । रोयल्सले कात्तिक २८ गते धनगढीमा गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ मंगलवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत २ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति […]
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]