default_image

popular

August 24, 2024

शकिबविरुद्ध हत्या आरोपको मुद्दा दर्ता

एजेन्सी – बंगलादेशका क्रिकेटर शकिब अल हसनविरुद्ध हत्या आरोपको मुद्धा दर्ता भएको छ । ढाकाको अदबोर प्रहरी चौकीका एक अधिकारीका अनुसार बंगलादेशमा अगस्टको सुरुमा भएको प्रदर्शनका क्रममा भएको हत्याको आरोपमा शकिब सहित १ सय ४७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बंगलादेशका सबैभन्दा चर्चित क्रिकेटरका साथै शकिब अवामी लिगबाट निर्वाचित सांसद पनि हुन् । प्रदर्शनको […]

August 24, 2024

भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ। काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई‌ पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए। भट्ट झण्डै ३ […]

August 24, 2024

संयोजक वैद्यसहितको बहिष्कारका बाबजुद टेबलटेनिस संघको चुनाव हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल‌ टेनिसको‌ तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]

August 24, 2024

भिल्लारियलसँग सेभिल्ला पराजित

एजेन्सी – भिल्लारियलविरुद्ध अन्तिम समयमा गोलको‌ सामना गर्दै सेभिल्लाले स्पेनिस ला लिगामा हार बेहोरेको छ । घरेलु मैदानमा सेभिल्ला शुक्रवार भिल्लारियलसँग २-१ ले पराजित भएको हो । दोस्रो खेलमा पहिलो जित दर्ता गरेको भिल्लारियलका लागि अर्नात डेन्जुमा र आयाज पेरेजले समान १ गोल गरे । डोडि लुकाबेकियोले सेभिल्लाका लागि सान्त्वना गोल फर्काएका थिए । डेन्जुमाले […]

August 24, 2024

इङ्ल्यान्डविरुद्ध श्रीलंकाको सामान्य अग्रता

एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले घरेलु टोलीविरुद्ध दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ । पाहुना टोलीले तेस्रो दिनको खेल सकिदा ६ विकेट गुमाएर २ सय ४ रन जोडेको छ । तेस्रो दिन शुक्रवारको खेल समाप्तीमा श्रीलंकाले ८२ रनको अग्रता लिएको छ । टोलीका कमिन्डु मेन्डिस ५६ तथा दिनेश चण्डिमल […]

August 24, 2024

क्यानडामाथि नेदरल्यान्ड्सको सहज जित

एजेन्सी – घरेलु टोलीले नेदरल्यान्ड्समा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ। स्पोर्टपार्क मार्सचलकरवेर्ड, यूट्रेक्टमा शुक्रवार भएको खेलमा नेदरल्यान्ड्सले क्यानडा माथि ५ विकेटको जित निकालेको छ । सिरिजमा अर्को टोली अमेरिका छ। क्यानडाले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सका लागि माइकल लेभिट […]

August 24, 2024

क्रिकेटर धवनले गरे सन्न्यासको घोषणा

एजेन्सी – भारतीय क्रिकेटर शिखर धवनले सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिवार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ‘जीवनमा अगाडि बढ्नका लागि बाटो बदल्नु महत्त्वपूर्ण छ । यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु,’ उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘खुसीका साथ जाँदैछु कि मैले भारतका लागि यति […]

August 24, 2024

पिएसजीको फराकिलो जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा मोन्टपेलियरविरुद्ध फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदान पार्क डे प्रिन्सेसमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पिएसजीले शनिवार मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो । जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ। मोन्टपेलियरको भने समान खेलबाट १ अंक छ । पिएसजीको जितमा ब्राडली बारकोलाले […]

August 24, 2024

दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजको जित

एजेन्सी – तीन खेलको टि ट्वान्टी आई सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ । ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा शनिवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय […]

August 23, 2024

जापानमा समर कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)- जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ। विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले […]

Success

Thank you for your time.