default_image

popular

August 25, 2024

नोनीको ह्याट्रिकमा चेल्सीको जित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग(इपिएल) मा सानदार जित दर्ता गरेको छ । जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा […]

August 25, 2024

चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणको लागि उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ। सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्।‌ उप समितिले […]

August 25, 2024

मलेसियामा एपिएफ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको‌ आफ्नो पहिलो खेलमा पराजित भएको छ। उज्वेकस्तानको नसाफ क्लबसँग एपिएफ १-० ले पराजित भएको हो। मलेसियाको लिक्सा स्टेडियममा भएको खेलको लिलीले ४९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ । एसियन […]

August 25, 2024

उपाध्यक्ष शाही र सदस्य लामाको एजेण्डा एन्फा बैठकमा राखिने

काठमाडौं (हाम्रो खेलकुद)- उपाध्यक्ष विराट जंग शाही र सदस्य पेमा डोल्मा लामाले दिएका एजेण्डा अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलवार बस्ने केन्द्रिय कार्यसमितिको बैठक समावेश हुने भएको छ। शाहीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई र लामाले महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै एजेण्डा थप गर्न आग्रह गरेका थिए। शाहीले ६ वटा र लामाले ४ वटा […]

August 25, 2024

नेपाल साफ यू२० को फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू२० च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४-१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो […]

August 25, 2024

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले पाकिस्तानमाथि टेस्ट क्रिकेटमा एतिहासिक जित दर्ता गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोलीले पहिलो टेस्ट १० विकेटले आइतवार जितेको छ। बंगलादेशले पाकिस्तान टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । यसअघि १३ खेल खेल्दा पाकिस्तान १२ मा विजयी हुँदा १ खेल बराबरीमा सकियो थियो । पाकिस्तानले दिएको ३० रनको झिनो […]

August 25, 2024

एभरेस्ट महिला भलिबल लिग अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई‌ ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]

August 25, 2024

एनपीएलको फ्रेन्चाइज किन्न १६ आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज खरिदका लागि १६ वटा व्यापारिक घरानाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइजका लागि १६ वटा आवेदन परेको छ । ‘१६ वटा घरानाको आवेदन हामी माझ आईपुगेको छ । टिम मालिक छनोट गरेर एनपिएल समितीले बोर्ड समक्ष पेश गर्नेछ ,’ […]

August 25, 2024

टि ट्वान्टी विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पिसिबीले कप्तानमा फातिमा सनालाई नियुक्त गरेको छ । उनले अलराउण्डर निदा डारको स्थान लिएकी हुन् । २२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् […]

August 25, 2024

मलेसियामा एपिएफले‌ नसाफको‌ सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा रहेको नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज उज्वेकस्तानको नसाफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आइतबार साँझ ५ः४५ बजे सुरु हुनेछ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा […]

Success

Thank you for your time.