default_image

popular

August 29, 2024

एथ्लेटिकको पहिलो जित

एजेन्सी – एथ्लेटिक क्लबले स्पेनिस ला लिगामापहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बुधवार एथ्लेटिकले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन बेनाट प्राडोस डियाजले गोल गरे । डियाजले ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ला लिगाकै अर्को खेलमा भालाडोलिड र लेगानेसले […]

August 29, 2024

एट्लेटिको रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड इस्पानुयलसँग गोल रहित बराबरीमा रोकिएको छ। इस्पानुयलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि जित हात पार्न भने सकेनन् । बिहीवार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गर्यो । […]

August 28, 2024

मैदानबाहिर नै हारेको नेपाल

सुबास हुमागाईं, काठमाडौं साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल घरेलु भूमिमा उपाधि जित्नबाट बन्चित भयो । फाइनल पुग्दासम्म प्रतियोगिताभर अपराजित रहेको नेपालले समूह चरणमा बंगलादेशलाई पनि हराएको थियो, तर फाइनलमा नेपाललाई भाग्यले साथ दिएन । र ४-१ को फराकिलो हार बेहोर्दै उपविजेतामा सिमित भयो । त्यसो त नेपालको नतिजामा नेपालले ३ जित र […]

August 28, 2024

नेदरल्यान्ड्ले जित्यो त्रिकोणात्मक सिरिज

एजेन्सी – अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्यान्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधि जितेको छ । सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधवार अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्यान्ड्स घरमा नै उपाधि राख्न सफल भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुदै १ सय […]

August 28, 2024

बराबरीमा रोकिएपछि‌ एपिएफ बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ। घरेलु टोली मलेसियाको सबाह एफसीसँग बुधवार गोलरहित बराबरी खेले सँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो। मलेसियाको लिक्सा स्टेडियममा अर्को चरणको सम्भावना जिवितै राख्न एपिएफसामु यो खेलमा फराकिलो अन्तरको जितको आवश्यक थियो। तर समूह चरणको‌ दुई खेलमा गोलको खाता पनि नखोली […]

August 28, 2024

सिएमसी इण्डोर कर्पोरेट कप यसै साता सुरु हुने

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए। पियाका अनुसार प्रतियोगितामा […]

August 28, 2024

मलानद्वारा सन्यास घोषणा

एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास को घोषणा गरेका छन् । मलानले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३७ वर्षिय मलानले २२ टेस्ट, ३० ओडिआई र ६२ टि ट्वान्टी आई खेलेका छन् । उनले ४ हजार ४ सय १६ अन्तर्राष्ट्रिय रन बनाएका छन् । मलानले इंग्ल्यान्डका लागि तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा […]

August 28, 2024

नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले ४-१ को सहज जितका साथ यो उमेर समूहमा पहिलो उपाधि जित्यो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए […]

August 28, 2024

फाइनलमा बंगलादेशलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बंगलादेश पहिलो हाफमा १-० ले अघि छ । नेपालले आक्रामक सुरुवात गरेपनि २४ मिनेटमै खेलाडी परिवर्तन गरेपछि पकड गुमाउन पुग्यो । नवौं मिनेटमा निराजन धामीले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक मोहमद आसिफले मुस्किलले पन्च गरे […]

August 28, 2024

साफ यू२० उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले बुधबार फाइनलमा बंगलादेशको सामना गर्दैछ । फाइनल खेल दिउसो २:३० बजेबाट सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुँदैछ । नेपाल तेस्रो पटक उपाधि जित्ने प्रयासमा रहँदा बंगलादेश पहिलो उपाधिको खोजीमा हुनेछ । जारी प्रतियोगितामा एकमात्र अपराजित टोली नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपालले यसअघि […]

Success

Thank you for your time.