default_image

popular

September 1, 2024

रुटको कीर्तिमानी शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी – जो रुटको कीर्तिमानी शतकको सहयोगमा इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले दोस्रो टेस्ट जितका लागि घरेलु टोलीबाट विशाल लक्ष्य पाएको छ । घरेलु टोलीले पहिलो इनिङमा २ सय ३१ रनको अग्रता बनाएको थियो । दोस्रो ईनिङमा घरेलु टोलीले २ सय ५१ रन थप्दै पाहुना टोलीका लागि ४ सय ८३ रनको विशाल लक्ष्य दिएको हो । […]

September 1, 2024

रेखाको गोलसँगै अबुधाबी समूह चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलको गोलमा अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको खेलमा अल नासरलाई पराजित गरेको छ । प्रारम्भिक चरणको समूह ए को अन्तिम खेलमा अल नासरलाई १-० ले पराजित गर्दै अबुधाबीले समूह चरणमा स्थान पक्का गरेको हो । खेलको ६८ औं मिनेटमा रेखाले गोल गर्दै टोलीलाई […]

August 31, 2024

लेस्टरमाथि एस्टन भिल्लाको जित

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीमाथि जित निकालेको छ । जारी सिजनको तेस्रो खेलमा दोस्रो जित निकाल्नेक्रममा भिल्लाले लेस्टरको मैदानमा २-१ को जित हात पारेको हो । भिल्लालाई जित दिलाउन अमाडु ओनाना र जोन डुरानले १-१ गोल गरे । घरेलु टोलीका लागि भने फाकुन्डो बोनानोटेले सान्त्वना गोल फर्काए । भिल्लाका […]

August 31, 2024

मिराज चम्कँदा पाकिस्तानको मध्यम योगफल

एजेन्सी – बंगलादेशी बलर मेहेदी हसन मिराजले ५ विकेट लिए पछि पाकिस्तान मध्यम योगफलमा समेटिएको छ । पाकिस्तान दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ७४ रनमा अल आउट भयो । वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस हारेर घरेलु टोलीले पहिले ब्याटिङ गरको थियो । टोलीका लागि […]

August 31, 2024

एन्फा महिला लिग- कोशी र वालिङबीच उद्घाटन खेल

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको उद्घाटन खेल कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । ३ विभागिय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ […]

August 31, 2024

अग्रता फराकिलो बनाउँदै इङ्ग्ल्यान्ड

एजेन्सी – इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा घरेलु टोलीले अग्रता फराकिलो बनाउँदै छ । श्रीलंकाविरुद्ध दोस्रो दिन शुक्रवारको अन्तिम तिर दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले १ विकेटको नोक्सानीमा २५ रन बनाएको छ । घरेलु टोली पहिलो इनिङमा २ सय ३१ रनको अग्रता कायम गर्न सफल भएको थियो । घरेलु टोलीका बेन […]

August 31, 2024

एनपिएल खेल्ने ८ टोलीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ८ फ्रेन्चाइजी शहरको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एनपिएलको पहिलो संस्करणमा सहभागी रहने ८ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो । एनपिएलमा सहभागी रहने फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् । क्यानको बोर्ड बैठकले बिहीवार […]

August 31, 2024

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]

August 31, 2024

पलेशालाई ऐतिहासिक कास्य पदक, नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक

काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]

August 30, 2024

पलेशा कास्यको लागि एक जित टाढा, रिपाचेजको पहिलो खेलमा विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्। यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी […]

Success

Thank you for your time.