September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को टिम खरिद गर्न इच्छुक संस्थाबीच आज बोल कबोल (बिडिङ) मार्फत फ्रेन्चाइज विक्री गरेको छ । नेपाल टि ट्वान्टी प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किन्दा काठमाडौं फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 5, 2024
पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबलमा एपिएफले दुवैतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। फाइनलमा एपिएफले महिलातर्फ टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र पुरुषतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरण बिहीवार सकिएको छ। […]
September 5, 2024
काठमाडौ(हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा कर्णाली प्रदेशलाई पराजित गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा बिहीवारको दोस्रो खेलमा वालिङले कर्णालीमाथि ४-० को जित निकालेको हो ।वालिङको जितमा युगान्डाकी फरवार्ड ज्याकलिन नासालीले ह्याट्रिक गर्दा सुक्रिया मियाले १ गोल गरिन् । ज्याकलिनले १०औं, ४१औं र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ९०औं मिनेटमा […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ । ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकीछिन्। ‘ललितपुर […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो । ८ टोलीको बिडिङ जारी छ। एनपिएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्नेछ।
September 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बिहीबारको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो । बागमतीका लागि बिष्नु माया […]
September 5, 2024
एजेन्सी – आइसिसी मेन्स टि ट्वान्टी विश्वकप एसिया क्वालिफायर ए मा सिंगापुरले मंगोलियाविरुद्ध ५ बलमै जित हात पारेको छ । टि ट्वान्टी आईमा कम बलमा नै लक्ष्य पूरा गर्नेमा सिंगापुर दोस्रो स्थानमा छ । पहिलो स्थानमा स्पेन रहेको छ । स्पेनले आइसे अफ म्यानविरुद्ध २ बलमा नै ११ रनको लक्ष्य पूरा गरेको थियो । मलेसियामा […]
September 5, 2024
एजेन्सी – विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागेजिनले आयोजना गर्ने अवार्डको बुधवार राति ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बिना नै २०२४ को बालोन डि ओर अवार्डका मनोनयनमा सार्वजनिक […]
September 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आजबाट दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछन् । आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमती र कोशीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । कोशीले भने […]