default_image

popular

September 10, 2024

काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको स्पाइकर्सले जनाएको छ । काठमाडौंले नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा टिममा भित्राएको छ । […]

September 10, 2024

फ्रान्ससँग बेल्जियम पराजित

एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे । खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै […]

September 10, 2024

एएफसी यु २० का लागि टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि सोमवार २३ सदस्यीय टोली घोषणा गरिएको छ। चाइनिज ताइपेईले असोज ५ देखि १३ गतेसम्म हुने छनोट का लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज […]

September 9, 2024

पथुमको शतकसँगै तेस्रो टेस्टमा श्रीलंकाको जित

एजेन्सी – ओपनर पथुम निशंकाले शतक पूरा गरेपछि श्रीलंकाले इङ्ग्ल्यान्डलाई तेस्रो टेस्टमा हराएको छ। इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट चौथो दिन सोमवार ८ विकेटले जितको हो । यद्दपी ३ टेस्टको श्रृंखला घरेलु टोलीले २-१ ले जितेको छ‌। २ सय १९ रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि ओपनर […]

September 9, 2024

सन्दीपको ओडिआई टोलीमा पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीपले ओडिआईमा अन्तिम पटक भारतसँग एसिया कपका क्रममा […]

September 9, 2024

चन्द्रपुरविरुद्ध एपिएफको गोल वर्षा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा एपिएफले चन्द्रपुरलाई ६-० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटेले २ तथा रश्मी कुमारी घिसिङ, प्रिती राई, गिता राना र सविता राना मगरले समान १ […]

September 9, 2024

संकटामाथि वालिङको जित

काठमाडौं (हाम्रो खेलकुद ) – वालिङ नगरपालीकाले संकटा क्लबमाथि जित हात पारेको छ । एन्फा महिला लिगको आज भएको पहिलो खेलमा संकटामाथि वालिङले १-० गोल अन्तरको जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ जितमा सिसि नान्टोगोंले गोल गरिन् । वालिङका लागि ३९औं मिनेटमा आफैंले मिडफिल्डमा सुरुवात गरेको मुभलाई सानदार गोलमा परिणत गर्दै […]

September 9, 2024

पल्सर स्पोर्ट्स अवार्ड – रोहितसहित क्रिकेटका ५ जना मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०८० को ४ विधाको मनोनयन सार्वजनिक गरेको‌ छ। मञ्चले वर्षको उत्कृष्ट महिला , पुरुष, युवा र प्रशिक्षक गरि ४ विधामा समान ५ जनाको मनोनयन सोमवार सार्वजनिक गरिएको छ। क्रिकेटबाट सबैभन्दा बढी ५, फुटबल र करातेबाट समान ३ जना मनोनयनमा परेका छन्। गत वर्ष राष्ट्रिय तथा […]

September 9, 2024

एपिएफको सामना गर्दै चन्द्रपुर

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सोमवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा वालिङ नगरपालिका र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । वालिङ १ जित र १ हारका साथ अंक तालिकाको छैठौं स्थानमा छ । संकटा भने १ बराबरी र १ हारका साथ आठौंं स्थानमा […]

September 9, 2024

पन्तको भारतीय टेस्ट टोलीमा पुनरागमन

एजेन्सी – बंगलादेशविरुद्धको २ टेस्टको सिरिजको पहिलो खेलका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई)ले आइतवार रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । २१ महिना पछि रिषभ पन्तले टोलीमा पुरागमन गरेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् । […]

Success

Thank you for your time.