January 25, 2024
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । आज उनले १–ओभर ७१ स्कोर गर्दा समग्रमा २–अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता धरान गल्फ क्लबमा […]
January 25, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएकोछ । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ। पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)– होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ढोरपाटन क्लबको आयोजनामा शुक्रबार सुरु हुने लिगमा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट रहेका छन् । पहिलो दिन ३ […]
January 24, 2024
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधबार नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिताको साविक विजेता शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे । २–अन्डर ६८ सहित नीरज दोस्रो […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन मार्सल आर्टस एकेडेमीका सायाङ लामाले जर्मनीमा हुने ड्रेस्डेन ओपनमा भाग लिने भएकी छिन् । शनिबार हुने च्याम्पियनसिपमा सायाङले कुमुते ३६ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । ४ सदस्यीय टोलीको नेतृत्व च्याम्पियन मार्सल आर्टसकी प्रमुख कार्यकारी सुशिला लामाले गर्नेछिन् । सायाङको प्र्रशिक्षकमा डिगम्बर प्रसाद पन्त र अफिसियलमा नेहाकुमारी भट्ट रहेकी छिन् […]
January 24, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको नेपालगञ्ज म्याराथनले जनाएको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार हुन बंगबन्धु शेख मुजिब […]
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने यसै साता हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन शुक्रबार हुने बताइएको छ । पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ । विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुने भएको छ । तीन दिन सम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स […]