default_image

अन्य

January 6, 2025

एनकेएल खेल्न विदेशी खेलाडी आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओउन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट ५ जना खेलाडी आइसकेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टोलीले सम्हाल्नेछन्। […]

January 6, 2025

धर्मश्री शारीरिक सुगठन चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा […]

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

January 6, 2025

इन्डोनेपाल भलिबल – पुलिस र गुजरातले सेमिफाइनल खेल्ने

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसनकाबिच हुने भएको छ। दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ । सोमवार लिग […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

January 5, 2025

इन्डो नेपाल भलिबलको समिफाइनल समीकरण पूरा

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणका २ खेल बाँकी रहँदा‌ नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन अन्तिम […]

January 5, 2025

इन्डो नेपाल भलिबल – पुलिस र मणिमुकुन्द सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब एक खेल अगाडि नै बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए मा आइतवार मणिमुकन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३–२ सेटमा पराजित गरेको थियो। त्यो नतिजाले मणिकुमुन्द र पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकुन्दले एकेडेमीलाई […]

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

हाम्रो खेलकुदकी श्रेष्ठ एनएनआइपिए अवार्डमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- हाम्रो खेलकुदकी वरिष्ठ सम्वाददाता सरिता श्रेष्ठ एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन्। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको‌ (एनएनआइपिए) आयोजनामा शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा श्रेष्ठ सम्मानित भएकी हुन् । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र मानार्थ अध्यक्ष दीपक विष्टले पत्रकार श्रेष्ठलाई सम्मान पत्रसहित ३५ […]

Success

Thank you for your time.