default_image

अन्य

March 20, 2024

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियन्सिपको पाँचौं दिन बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो। सेमिफाइनल पुगिसकेको तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट […]

March 20, 2024

मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराजले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी […]

March 19, 2024

आर्मी र गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समूह डीमा आ आफ्नो खेल जित्दै आर्मी समूह विजेता र गण्डकी उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन् । समूह चरणकै अन्तिम […]

March 19, 2024

एपिएफको सानदार पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशमाथि सानदार पूनरागमन जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्दै समूह […]

March 19, 2024

‘खेलकुद एकैदिनमा उदो गतिमा पुगेको होइन’- खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उदो गतिमा गएको धारणा राखेका हुन् । मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका […]

March 19, 2024

खेलकुद मन्त्री श्रेष्ठलाई खेलाडी पलायन रोक्न पहल लिन आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुझाव दिएको छ । पछिल्लो दुई वर्षमा झण्डै ६० जना व्यवसायिक फुटबल खेलाडीसहित दक्षिण एसियाली खेलकुदका पदक विजेता तेक्वान्दो, करातेलगायतका खेलाडी विदेश पलायन भइसकेका छन् । नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई मंगलबार […]

March 19, 2024

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […]

March 19, 2024

भलिबल च्याम्पिनसिप – महिलामा आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि […]

March 18, 2024

पहिलो जितबाट एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले जितबाट आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सोमबार अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले २५–१८,२५–१७,२५–१४ को सहज जित निकालेको थियो । समूह बीमा एपिएफ […]

March 18, 2024

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समूह चरणको खेलमा आर्मीले न्युटन क्लबलाई ३-० ले हराएको छ। आर्मी २५-१५, २५-१२, २५-२० ले विजयी भएको हो। आर्मीका दुर्गा महतो प्लेयर अफ दि म्याच बने […]

Success

Thank you for your time.