default_image

अन्य

sugathan

September 1, 2016

एसियाली शारीरिक सुगठनमा नेपाल

भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा […]

August 28, 2016

राष्ट्रव्यापी बक्सिङमा आर्मी टिम च्याम्पियन

काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिता टिम च्याम्पियन बनेको छ । आर्मिको पुरुष र महिला दुवै टिम विजेता  बनेका हुन् । पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक तथा महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत पदक जितेको थियो । समग्रमा आर्मीले १० […]

August 27, 2016

मिङमा र प्रदिप स्वर्ण पदकका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नक्साल एका मिङमा ग्याल्जेन शेर्पा र मेघदुतका प्रदिप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको फाइनलमा पुगेका छन् । मिङमाले दमकका भीम बहादुरलाई अंकका आधार र प्रदिपले रोल्पाका राम प्रसाद पुनलाई पराजित हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । ४६–४९ केजी तौल समुहको फाइनलमा नक्साल ए […]

August 26, 2016

सरस्वती र सोनम फाइनलमा

काठमाडौ। सरस्वती राना मगर र सोनम रोका चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको महिला ५७–६० केजीमा तौल समुहको सेमिफाइनलमा सरस्वतीले दिव्या लिम्बुलाई पहिलो राउण्डमै टेक्निकल नकआउट गरिन् । त्रिभुवन आर्मी बीकी सोनमले झापाकी सोम माया लिम्बुलाई पराजित गरे । महिला ४६–४८ केजीतर्फको सेमिफाइनल खेलमा आर्मी एकी ललिता […]

biography

August 21, 2016

नेपाली खेलाडीको पहिलो बायोग्राफी आउँदै

नेपालगन्ज कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । नेपाली खेलाडीको सम्भवतः यो पहिलो बायोग्राफी हो । आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए […]

August 5, 2016

मनाङ मस्र्याङ्दी र म्याग्दी मगर अग्रस्थानमा

काठमाडौ । मनाङ मस्र्याङ्दी आर्चरी क्लब र म्याग्दी मगर समाज ए पााचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगितामा सयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । थकाली सेवा समीतीमा शुक्रबार भएको टिम स्पर्धामा ८ डोरका खेल समाप्तीसागै मनाङ र म्याग्दीले समान ८८ अकं जोडेका छन् । १० डोरको खेलमा २ डोरका खेल बाकी रहदा उपाधि लागि दुवै […]

August 2, 2016

बर्खा लागेसंगै पाँचथरमा खेलकुद गतिविधि शुन्य

दिपक बोहोरा ,पाँचथर बर्खाको सिजन सुरु भए यता पाँचथरमा खेलकुद गतिबिधि शुन्यप्राय छन । साना तिना फुटबल र भलिबल भइ रहने यो जिल्लामा जेठ महिना यता खेलकुद गतिबिधि हुन सकेको छैन्न । हिउदको बेलामा भ्याइ नभ्याइ प्रतियोतिा हुने यो जिल्ला राम्रा खेल मैदानको अभावमा बर्खामा खेल प्रतियोगिताहरु ठप्प छन । भएका खेलमैदानहरु खेल्नै नमिल्ने गरी […]

August 1, 2016

नक्सालका सुशील उत्कृष्ट बक्सर

नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण जिते । फाइनलमा सुशीलले नेपाल आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार नगद पुरस्कार पाए […]

July 30, 2016

सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा कार्य सम्पादन उपसमिति

काठमाडौं (हाम्रो खेलकुद) –नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरिएको छ । १३ औं सागका लागि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठित तयारी तथा व्यवस्थापन समितिको सातदोबाटोमा शनिबार बसेको बैठकले सदस्य–सचिव विष्टको […]

July 29, 2016

पूर्व अन्तराष्ट्रिय खेलाडी मगरको निधन

बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्रबहादुर पुन मगरको बिहिबार ४५ वर्षको उमेरमा देहवासान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो […]

Success

Thank you for your time.