December 23, 2015
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]
December 20, 2015
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी भएका छन् । नया बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । […]
December 20, 2015
भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । २०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , […]
December 17, 2015
तेक्वान्दोमा लामो समय विताएका पद्म रानाले तेक्वान्दो ब्यबसायीक बनाउने सोचका साथ आर एन्ड आर इन्टरनेसनल प्रालीको स्थापना गरेका छन् । बिन्द्र कुमार राइसंग मिलेर खोलेको काठमाडौ महानगर नवा नम्बर नौ स्थित उक्त सेन्टरमा नृत्य पनि सिकाइने छ । उनका पार्टनर राइ एरोबीक र जुमा लगायत अन्य सांस्कृतीक नृत्यमा पारंगत छन् । अन्तराष्ट्रिय स्तरमा सफलता पाएका […]
December 15, 2015
भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी छनोट मंगलबार पूरा भएको छ । विभिन्न १० स्पर्धा उत्तिनै खेलाडी सागका लागि छनोट भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ […]
December 13, 2015
काठमाडौं तेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ । पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ […]
December 13, 2015
नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० […]
December 12, 2015
भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज […]
December 8, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन् । उनले ६ सय पूर्णाङ्मा ५ सय ५२ को प्रदर्शन गरे । नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीका कुवेर केसी ५ सय ४८ अंकसाथ […]
December 7, 2015
भारतको नयाा दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् । भारत दोश्रो भयो । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य […]