default_image

अन्य

May 10, 2017

शिवराम शीर्षस्थानमा उक्लिए

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गतको तेश्रो दिनको खेल समाप्त हुँदा व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लिएका छन्। गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगिताको लगातार तेश्रो दिन १ अन्डर ७१को स्कोर बनाएका शिवराम समग्रमा ३ अन्डर २१३ स्कोर लिएर शीर्षस्थानमा उक्लिएका हुन्। अघिल्लो दिन शीर्षस्थानमा रहेका सुर्य प्रसाद शर्माले निकै […]

May 9, 2017

सुर्यको अग्रता कायमै; शिवराम पछ्याउँदै

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्। राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। […]

May 4, 2017

राखेपले विद्यालय खेल संघ खारेज गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]

May 1, 2017

उज्बेकिस्तानमा नेपाली मुक्केवाज पुरन र दिपकको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मुक्केवाजद्धय पुरन राई र दिपक श्रेष्ठ एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् । आइतबार भएको प्रतिस्पर्धामा पुरन र दिपक पराजित भएका हुन् । उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा पुरन तीन राउन्ड भिडेपनि ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसँग अंकका आधारमा पराजित भए । दिपक पनि ६४ केजी तौल […]

Trial

April 28, 2017

पोखरामा दक्षिण एसियाली ट्रायथोलन भोली हुने

काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा शनिबार आयोजना हुने पाँचौं दक्षिण एसियाली ट्रायथोलन च्याम्पियनसिपको सबै तयारी पुरा भएको नेपाल ट्रायथोलन संघले जनाएको छ । दक्षिण एसियाली सँगै राष्ट्रिय च्याम्पियनसिप पनि आयोजना हुने संघका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । दक्षिण एसियाली च्याम्पियनसिपमा भाग लिन स्वेदशी, भारत र बंगलादेशबाट समान ३ खेलाडी पोखरा पुगिसकेका छन् । च्याम्पियनिसिपमा डुवाथोलन […]

April 26, 2017

इरासँग साविक विजेता मायांका स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् । पुरुष […]

April 26, 2017

पोखराका रञ्जितले जिते खेलकुद फोटो पत्रकारिता अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार पहिलो पटक आयोजना गरेको फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ अन्तर्गत रञ्जितले खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका हुन् । ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त […]

April 26, 2017

सूर्य नेपाल एनपीजीए म्याच प्लेको ट्रफी रवि खड्कालाई

काठमाडौँ (हाम्रोखेलकुद)- सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा संजय लामालाई पराजित गर्दै रबि खड्काले उपाधि जितेका छन्।सन् २०१५ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेयता यो रविको पहिलो उपाधि हो।  अन्तिम दिनको खेलमा उपाधिको भिडन्त निकै रोमान्चक भएको थियो। २७ होलसम्म ५ अंकको आग्रतामा रहेका रविलाई लगातार ४ होलमा पछि परेपछि खेल थप रोमान्चित भएको थियो। करियरको […]

April 26, 2017

बक्सिङ टोली उज्बेकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ। च्याम्पियनसिप आगामी अप्रिल ३० देखि मे ८ सम्म हुनेछ । दुई सदस्यीय नेपाली टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन् । पुरन राईले ५६ केजी र दिपक श्रेष्ठले ६४ […]

April 25, 2017

‘च्याम्प अफ च्याम्पियन्स’ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिता हुने भएको छ। ४ चरणमा हुने प्रतियोगिता यहि जेष्ठ ५ र ६ गते रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। पहिलो चरणको छनोट प्रो बक्सिङ लाइटवेट ६१ केजीको प्रतियोगिता सुरु हुनेछ। पहिलो चरणमा १६ बक्सरहरुले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो चरणमा ८ बक्सरहरुले […]

Success

Thank you for your time.