default_image

अन्य

school badminton

January 14, 2016

स्कुल ब्याडमिन्टन अर्को महिना

काठमाडौं काठमाडौं जिल्ला ब्याडमिन्टन संघले खेलाडी उत्पादनको उद्देश्यका साथ अर्को महिना स्कुल ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । हिमालयन ब्याडमिन्टन क्लब र विद्या संस्कार स्पोर्टस क्लबसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा छात्र छात्रा यू–१२ र यू १४ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा फागुन ८ देखि १० गते सम्म […]

January 13, 2016

ट्राईयाथलनको स्कुललाई सहयोग

अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको […]

January 13, 2016

हङकङमा निशालाई स्वर्ण र मिसनलाई कास्य

काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे । तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ […]

January 11, 2016

संजय १ लाख सहयोग सहित सम्मानित

संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई […]

January 5, 2016

बिश्व पर्वतारोही संजयलाई रास्ट्रपतिको सम्मान

कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]

lalitpur

January 2, 2016

ललितपुरमा मार्पोलाई अध्यक्षको जिम्मेवारी

जाउलाखेल मार्सलआर्ट सेन्टरका मार्पो लामाले राप्रपा नेपालको ललितपुर जिल्ला खेलकुद बिभागको अध्यक्षको जिम्मेवारी पाएका छन् । राप्रपा नेपाल केद्रिय खेलकुद बिभागको रोहवरमा मार्पोकोअध्यक्षतामा २१ सदस्य कार्य समितिको गठन गरेको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री बिराज बहादुर बिष्ट, राप्रपा नेपाल केद्रिय खेलकुद बिभागका अध्यक्ष लोकवहादुर शाहीलगायतले शुभकामना मन्तब्य दिएका थिए […]

December 30, 2015

हक्की र कबड्डी टोलीको घोषणा

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन […]

handball

December 23, 2015

ह्यान्डबल खेलाडीहरु पुरस्कृत

राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई नगद ५ हजार एक सय सहित प्रमाण पत्र प्रदान गरे । गत अशोज २४ […]

squash

December 23, 2015

अरहन्तको विजयी सुरुआत

अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए । पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले […]

December 23, 2015

ब्याडमिन्टन पहिलो चरणको साग छनोट सम्पन्न

नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्‍याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]

Success

Thank you for your time.