default_image

अन्य

Sahas signing ceremony

August 28, 2017

पल्सर स्पोर्टस अवार्डमा साहस स्पोर्टसको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते राजधानीमा आयोजना गर्दैछ । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले आइतबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका […]

August 27, 2017

‘द मनी फाइट’मा मेवेदरले मेग्रेररलाई हराए

लस भेगास (एजेन्सी) – ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरले आयरल्यान्डका कनर मेग्रेररलाई १० औँ राउन्डमा हराएका छन् । यस जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म लम्ब्याएका छन् । लास भेगसमा खेलिएको खेलको पहिला ३ राउन्डमा मेग्रेरर मेवेदरमाथि हावी देखिएका थिए । तर मेवेदरले चौथो राउन्डपछि लय समात्दै १० औँ राउन्डमै […]

August 23, 2017

पल्सर स्पोर्टस अवार्डलाई डिस होम एक्सन स्पोर्टसको साथ

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस होम नेटवर्कको सह प्रायोजनले निरन्तरता पाएको छ । डिस होमले नेपालको पहिलो खेलकुद च्यानल डिस होम एक्सन स्पोर्टसमार्फत सहकार्यलाई अघि बढाउन लागेको जनाएको छ । डिस होम स्पोर्टस एक्सनले २ लाख ५० हजार नगदसहित झन्डै ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गर्ने बताएको छ । अवार्डको आयोजक […]

baseball

August 21, 2017

बेसबल र सफ्टबल प्रवर्द्धनमा एलबिएससीको सक्रियता

काठमाडौँ (हाम्रो खेलकुद)– ललितपुर बेसबल एण्ड सफ्टबल क्लब (एलबिएससी) विगत एक वर्षयता स्थानिय स्तरमा सिमित रहेर बेसबल र सफ्टबल खेलको प्रवद्र्धनमा जुटेको छ । पाटनढोका नजिकको पाटन बहुमुखी क्याम्पसको मैदानमा टोलीले प्रत्येक शनिबार प्रशिक्षण गर्दै आएको छ । टोलीले बेला बेलामा मैत्रीपूर्ण खेल पनि खेल्दै आएको छ । पाटनमा प्रशिक्षण गर्ने टोलीले मैत्रीपूर्ण खेलको लागि […]

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

fantasy

August 11, 2017

नेपाल लक्षित गरेर नया फ्यान्टसी एप

काठमाडौं(हाम्रो खेलकुद)– फुटबल मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर हुने विभिन्न गतिविधिले गर्दा पनि लोकप्रिय छ । फुटबलप्रेमी समर्थकहरु फुटबलसँग सम्बन्धित लगभग सबै कुरामा निकै चासो दिइरहेका हुन्छन् । चाहे त्यो फुटबलका समान होस् या कम्प्युटर वा मोबाइलमा खेलिने खेल किन नहोस, समर्थकहरुको त्यसमा पनि छुट्टै लगाव रहने गर्दछ । विगत २ दशकयता विश्वभरी खेलिन […]

Pokhara Sports Award 2073

August 5, 2017

भलिबलकी अरुणा र टेनिसका कुमार उत्कृष्ट

 कास्की(हाम्रो खेलकुद ) – भलिबलकी अरुणा शाही र लन टेनिसका कुमार अधिकारी दोस्रो पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा पोखराले शनिबार पोखरा सभागृहमा आयोजना गरेको दोस्रो संस्करणको अवार्डमा भलिबलकी अरुणाले फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङलाई पछि पारिन् […]

July 30, 2017

साग आयोजना सबै भन्दा चुनौतिपूर्ण – मन्त्री केसी

काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना ठूलो चुनौती रहेको उल्लेख गर्दै बजेटका कारण खेलकुद विकासका असर नपर्न प्रतिबद्धता जनाएका छन् । नेपालले सन् २०१९ मा साग आयोजनाको जिम्मेवारी पाएपनि भौतिक पूर्वाधार निर्माणको काम ठोस रुपमा सुरु हुन सकेको छैन । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा […]

July 30, 2017

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण मंगलबार देखि शनिबारसम्म हुने जानकारी गराएको हो । यसपटक प्रतियोगितामा एक विधा थप गरिएको छ । मेन्स ओपन, गल्र्स ओपन, मास्टर ४५ देखि ५४ तथा भेट्रान ५५ वर्षमाथि, […]

July 28, 2017

नक्साल बक्सिङ क्लबद्धारा खेलाडीहरुको सम्झना

काठमाडौं(हाम्रो खेलकुद) – राजधानीको नक्सालस्थित नागपोखरी परिसरमा नक्साल बक्सिङ क्लबले आफ्नो टोलका पुराना र चर्चित खेलाडीहरुको सम्झनामा फोटो प्रदर्शनी गरेको छ । नागपोखरी महोत्सवकै दौरान क्लबले आफ्नो टोलबाट बक्सिङ खेलमार्फत राष्ट्रलाई चिनाएका पूर्व ओलम्पियन, चर्चित मुक्केबाज, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मण शम्शेर थापा, पुष्करध्वज शाही र कृष्णमान श्रेष्ठ र नक्साललाई फुटबलमा चिनाउने दिनेश सिलवाल लगायतको […]

Success

Thank you for your time.