default_image

अन्य

April 4, 2024

अमेरिकामा एरिका र प्रशिक्षक श्रेष्ठ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- युएस ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्। अमेरिकाको‌ टेक्ससको ह्युसटनमा नेपालीहरुले एरिका र आफूलाई सम्मानित गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। उनीहरुलाई १ हजार ५ सय अमेरिकी डलर सहित सम्मा गरिएको‌ हो। २८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन […]

April 1, 2024

बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल हुने

बुटवल (हाम्रो खेलकुद)– बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले चैत २४ देखि २७ गतेसम्म बुद्धिचाल प्रतियोगिता गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । ४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म १ सय […]

April 1, 2024

राखेपले यसै साता ६० औं वार्षिकोत्सव मनाउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यहि साता आफ्नो ६० औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने भएको छ । राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम बुधबार हुने राखेपले जनाएको छ । राखेपले विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वार्षिकोत्सव मनाउने तयारी भइरहेको जनाएको छ । कार्यक्रममा विभिन्न ६ […]

April 1, 2024

ढोरपाटनलाई दोस्रो गल्कोट कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे […]

April 1, 2024

एरिकालाई युएसए ओपन करातेको यु २१ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुलाको पनि फाइनलमा पुगेकी छन्। अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको […]

March 31, 2024

वीर गणेशमान सिंह बक्सिङ – आर्मी र एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र एपिएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेको हो । आर्मीले ३ स्वर्ण, नेपाल पुलिस क्लबले २ तथा कर्णालीले १ स्वर्ण पदक प्राप्त गर्यो । महिलामा एपिएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी […]

March 30, 2024

कीर्तिपुरमा आमा दौड सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर नगरपालिका र एन.आर.एस स्पोर्टस फाउनडेशनको सहकार्यमा शनिबार कीर्तिपुरमा आमा दौड आयोजना भएको छ। ३ किलोमिटर दौडमा झन्डै ७ सय महिलाहरुको सहभागिता रहेको‌ बताइएको छ । कीर्तिपुर नयाँबजारबाट सुरु भएको दौड ल्याकु दरबारमा गएर सम्पन्न भएको थियो । खेलकुदमा बालबालिकालाई‌ आकर्षित गर्नका आमाहरु खेलकुदप्रतिको जागरुक हुन आवश्यक रहने सन्देश दिनका लागि आमा […]

March 30, 2024

पुष्पा र विजयलाई किसुनजी स्मृति हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र विजय रावत ले तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्। शनिबार भएको प्रतियोगितामा पुष्पा महिला र विजय पुरुषतर्फ विजयी भएका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी […]

March 29, 2024

सुष्माले फाइनलमा रमिशाको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बागमती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शुक्रबार महिला ५० केजी तौल समूहको फाइनलमा प्रवेश गरेका छन् । गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले त्रिभुवन आर्मी क्लबकी […]

March 29, 2024

पिंक केयरएथन अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० […]

Success

Thank you for your time.