January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]
January 31, 2018
दिल्ली (हाम्रो खेलकुद) – विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्यमा सीमित भएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको सेमिफाइनलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित भएपछि कास्यमा सीमित भएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि नेपालले दुई कास्य पदक जितेको हो । […]
January 30, 2018
दिल्ली (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक पक्का गरेकी छन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले कम्तीमा पनि कास्य पदक पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक […]
January 29, 2018
दिल्ली (हाम्रो खेलकुद) – भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४ – १ ले हराएर […]
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्ण सहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कास्य पदक समेत जितेको थियो । २ स्वर्ण र १ कास्य पदकका साथ आदर्श योग हरी मा.वि. लैनचौर दोस्रो र १ स्वर्ण, १ […]
January 29, 2018
नयाँ दिल्ली (हाम्रो खेलकुद)- भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले नेपालको लागि पदक पक्का गरेकी छिन् । आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तीमा कास्य पदक जित्ने पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा […]
January 28, 2018
दिल्ली (हाम्रो खेलकुद) – नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो । नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको […]
January 27, 2018
दीपक न्यौपाने बुटवल – बुटवल उप महानगरपालिकाको २५ वर्षे रणनीतिक योजना बनाउने गरि योग गुरुङको संयोजकत्वमा खेलकुद क्षेत्र विज्ञ उपसमिति गठन भएको छ । उपमहानगरपालिको हलमा भएको छलफलले खेलकुदको विकास गर्दै दीर्घकालिन योजना बनाउने लक्ष्यसहित गुरुङको संयोजकत्वमा दुईजना अध्ययनकर्ताहरु रहने गरि प्रारम्भिक टोली गठन भएको हो । जसको अध्ययनकर्ताहरु विष्णु कुमार श्रेष्ठ र दीपक न्यौपाने […]
January 25, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको छ । नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश सभामा संघ विस्तार गर्ने निर्णय गरे अनुरुप प्रदेश संघको तदर्थ समिति गठन भएको हो । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट […]