October 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल बहादुर अधिकारीले कोरियामा जारी दुई फरक प्रतियोगिता एसियन कप र इन्टर क्लब च्याम्पियनसिपमा ६ कास्यपदक हात पार्न सफल भएका छन् । कमलले पुरुष ७७ केजी तौल समूहमा ६ कास्य जित्न सफल भएका हुन् । कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १५७ केजी भार […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका वसन्त थारु र नेपाल एपिएफकी सोनी गुरुङ एनएसए सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ट्राईयाथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमिबाईक र ५ किमि दौड सेनाका थारुले १ घन्टा, ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतिय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टिङमा पनि […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजनामा भएको नेपाल दुबई इन्डोर हक्की मैत्रीपूर्ण हक्की प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद ताहाचलस्थित ताहाचल फुटसलमा बुधबार भएको खेलमा नेपाल आर्मी क्लबले किङ खान हक्की क्लब दुबईलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भएको हो । किङ खानका लागि अली […]
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता […]
October 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला बक्सिङ खेलाडीले एसियन बक्सिङ च्याम्पियनसिपको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएका छन् । एसियन महिला बक्सिङ च्याम्पियनसिप भियतनामको होचिमिङमा नोभेम्वर २ देखि ८ तारिखसम्म आयोजना हुँदैछ । त्यसको तयारीका लागि ४ खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीले थाइल्यान्डमा १२ दिने प्रशिक्षण गरी त्यहिबाट आयोजनास्थल पुग्ने […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन (एआइपिएस–एसिया)को कोषाध्यक्षमा निर्वाचित हुन सफल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले सम्मान गरेको छ । असोज २० गते पाकिस्तानको इस्लामावादमा सम्पन्न निर्वाचनबाट मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । बिबिसी नेपाली सेवाको खेलकुद संवाददाता राजवंशी यसअघि पनि एआइपिएस–एसियाको […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बक्सिङका पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङलाई मकाउमा रहेका पूर्व बक्सिङ खेलाडीहरुले आर्थि सहयोग गरेका छन् । नेपाल बक्सिङ संघले सोमबार एक कार्यक्रममको आयोजना गर्दै मकाउमा रहेका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संस्था मकाउबाट संकलित १ लाख २ हजार २ सय ७५ रुपैया गुरुङका धर्मपत्नी मीन कुमारी गुरुङलाई […]
October 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– कुमार केसी घनश्याम प्रोफेसनल गोल्डेन जुब्ली खुला गल्फ च्याम्यिनसिप अन्र्तगतको एमेच्योर गल्फ तर्फको च्याम्पियन बनेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार भएको च्याम्पियनसिपको अन्तिम दिन ४० अंक जोड्दै कुमार च्याम्पियन बनेका हुन् । उनले आर्मीका विष्णु कार्कीलाई एक अंकले पछि पारे । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनिन् । उनले ३४ अंक […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व […]