default_image

अन्य

April 7, 2024

प्रधानमन्त्री दाहालद्वारा अन्तर प्रदेश राष्ट्रिय खेलकुदको‌ उद्घाटन

भरतपुर (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको‌ उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहेको‌ छ । […]

April 6, 2024

मञ्जुश्री ट्रेल रेस – अर्जुनलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको‌ उपाधि अर्जुन कुलुङ‌ राईले जितेका छन् । विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै कीर्तिमान तोड्दै अर्जुन विजेता बनेका हन् । उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जितेका हुन् । मञ्जुश्री ट्रेल रेसका […]

April 6, 2024

तीर्थले जिते लुम्बिनी पिस म्याराथन

लुम्बिनी (हाम्रो खेलकुद)- तीर्थ पुनले शनिबार लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । रुपन्देहीको लुम्बिनीमा भएको म्याराथनमा‌ तीर्थले दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । खड्ग बहादुर खड्का २ घण्टा २० मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । दुर्गा बहादुर बुढा तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा […]

April 5, 2024

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जितेका खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई सम्मान गरेको हो । नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका थिए । गुणराज रुचालले […]

April 5, 2024

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

भैरहवा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ । सन् २०२२ मा पहिलो पटक लुम्बिनीमा अवस्थित विश्वशान्ति द्धिपबाट मायादेवी मन्दिर सम्म सुरु भएको वाकाथनलाई विस्तार गर्ने क्रममा गत वर्ष म्याराथन आयोजना भएको थियो । शनिबार […]

April 5, 2024

चौथो मन्जुश्री ट्रेल रेस सुरू, ४० विदेशी सहित ३ सय बढी सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ । इचंगुनारायण स्थित सिंगल ट्रिबाट सय माइलको दौड शुक्रबार बिहान ८:०० बजे सुरू भएको हो । शनिबारसम्म विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र […]

April 5, 2024

झापा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्ड २०७९ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । झापा स्पोर्टस् अवार्डको पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा समान […]

April 5, 2024

अमेरिकामा एरिकासहित कराते टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- युएसए ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङसहित कराते टोली अमेरिकामा सम्मानित भएका छ। ग्यान्स कम्युनिटी सेन्टर अस्टिन कराते टोलीलाई सम्मान गरेको‌ हो । १९ औं एसियन गेमका रजत पदक विजेता तथा युएसए ओपन कराते अन्तराष्ट्रिय करातेकी स्वर्ण र रजत पदक विजेता एरिका गुरुङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]

April 4, 2024

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी […]

April 4, 2024

फाल्डो जुनियर नेपाल च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजना र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने भएको छ । विश्व प्रसिद्ध फाल्डो सिरिजको नेपाल छनोटको रुपमा रहेको प्रतियोगिता चार वर्षपछि सुचारु हुन लागेको हो । सन् २०१२ देखि नियमित आयोजना भएको प्रतियोगिता पछिल्लो समय कोभिडका कारण प्रभावित भएको थियो । ५४ होलमा […]

Success

Thank you for your time.